डुडुवामा ४ सयको स्वास्थ्य परिक्षण , ५ सय घरधुरी नम्बर कायम

१ चैत्र २०७४, बिहीबार १९:३९
 

सदरलाइनडटकम
१ चैत, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाद्वारा सञ्चालन गरिएको महत्वाकांक्षि दुई अभियान ‘घर–घरमा स्वास्थ्य’ र ‘घरधुरी सर्भेक्षण’ तिब्ररुपमा अगाडि बढाईएको छ । गाउँपालिकाले केहीदिन अघिदेखि शुरु गरेको अभियान अन्र्तगत ६ वटै वडाका विभिन्न टोलका नागरिकहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले अभियानको बारेमा जानकारी दिदै भने–‘अहिलेसम्म ६० घरधुरीका करिब ४ सय जनाको स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिसकिएको छ । नागरिकको घरमै औषधिसहित स्वास्थ्यकर्मी पुगेपछि उनीहरु खुशी हुदै सेवा लिइ रहेका छन ।’
स्वास्थ्यकर्मी टोलीले घरका सम्पुर्ण परिवारको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि वितरण गर्दै आएको छ । त्यसक्रममा जटिल स्वास्थ्य समस्या भएकाहरुलाई स्वास्थ्य केन्द्र तथा ल्याब प्रयोगशालामा सिफारिस गर्ने गरेको छ ।
यसैगरी घरधुरी सर्भेक्षण तथा घर नम्बर कायमको कार्य पनि भईरहेको छ । ४ नंम्बर वडा बाहेक ५ वटै वडामा एकसाथ अभियान संचालन गरिएको छ । अहिलेसम्म करिब ५ सय घरमा नम्बर कायम गरिएको वडा सचिव ऋषिराज गौतमले जानकारी दिए ।
स्वास्थ्य अभियानमा १८ जना र घरधुरी सर्भेक्षणका लागि ५० जनाको टोली परिचालनमा रहेको छ । टोलीले गर्ने काम तथा सेवा प्रवाहको प्रभावकारिताका लागि गठन भएका छुट्टाछुट्टै अनुगमन टोलीले स्थालगत अवस्थाबारे जानकारी लिइरहेको छ ।


 

Next Post

भैलोको रकम सामाजिक कार्यमा खर्चिए महिलाले

१ चैत्र २०७४, बिहीबार १९:३९
सदरलाइनडटकम   २ चैत, कोहलपुर (बाँके) : देउसी, भैलोको रकम मोजमस्तीमा सिध्याउने गरिएको भए पनि बाँकेको कोहलपुरका महिलाहरुले भने सामाजिक काममा खर्च गरेर उदाहरण बनेका छन् । गत देउसी भैलो खेलेर संकलन गरेको रु १ लाख ३० हजार रकम महिला जागरण मंच दसबिगाहा,कोहलपुरले फोहर राख्ने ड्रम खरिद गरी कोहलपुर नगरक्षेत्रमा राखेका […]