भैलोको रकम सामाजिक कार्यमा खर्चिए महिलाले

२ चैत्र २०७४, शुक्रबार ०७:२५
 

सदरलाइनडटकम  
२ चैत, कोहलपुर (बाँके) : देउसी, भैलोको रकम मोजमस्तीमा सिध्याउने गरिएको भए पनि बाँकेको कोहलपुरका महिलाहरुले भने सामाजिक काममा खर्च गरेर उदाहरण बनेका छन् ।
गत देउसी भैलो खेलेर संकलन गरेको रु १ लाख ३० हजार रकम महिला जागरण मंच दसबिगाहा,कोहलपुरले फोहर राख्ने ड्रम खरिद गरी कोहलपुर नगरक्षेत्रमा राखेका छन् । मंच आवद्ध मधु खड्काका अनुसार, उक्त रकमबाट १ सय ६ वटा ड्रम खरिद गरेर कोहलपुर नगरक्षेत्रका बिभिन्न स्थानमा राखिएको छ ।
‘देउसी भैलोको रकम मनोरन्जनमा खर्च गर्नुभन्दा  सामाजिक  कार्यमा  खर्च  गरेर  उदाहरण  पेश गरेका छन् महिलाहरुले ।’ खड्काले भनिन्,—‘आगामी दिनमा पनि यस्ता कामहरु भइरहन्छन् ।’ मन्चले ड्रम आफुहरुले राखे पनि फोहोर फाल्ने र गाडीको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने बताईन ।
कोहलपुर नगरपालिकाले सफा, सुग्घर शहर बनाउने अभियान थालेको छ । सोही अभियान अन्र्तगत महिला जागरण मन्चले हातेमाले गरेको हो ।

Next Post

‘सूचना प्रविधिको बारे बृहद छलफल हुन्छ’

२ चैत्र २०७४, शुक्रबार ०७:२५
कम्प्यूटर एशोसियन नेपाल बाँके शाखाको आयोजनामा नेपालगन्जमा सूचना र संचार प्रविधि (आईसीटी) का बिषयमा राष्ट्रियस्तरको गोष्ठी गर्दै छ । क्यान बाँकेका अनुसार, चैत्र ३ गते गोष्ठी हु“दैछ । गोष्ठीका बिषयमा क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सैनासंग सदरलाइनडटकमले गरेको कुराकानी : गोष्ठीको उदेश्य के हो ? — परिवर्तित समयमा सूचना प्रविधिको अधिकत्म […]

सम्बन्धित