कोरानाका कारण बाँकेमा थप दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २८ मंसिर २०७७, आईतवार ०९:००
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज र डोटीका एकएक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज वडा नं. ४ का ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार बिहान साढे ३ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


यस्तै डोटीको दिपायल सिलगडी वडा नं. ५ का ४९ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार राती पौने आठ बजे मृत्यु भएको छ । रोगको प्रकृतिअनुसार दुबै जनाको उपचार गरिएपनि मृत्यु भएको वलीले जानकारी दिए ।
योसँगै कोरोनाबाट बाँकेका ४१ जना र बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ६८ जनाको मृत्यु भइसकेको छ ।

Next Post

बद्विचाल प्रतियोगितामा आयुष र आकृति च्याम्पियन

२८ मंसिर २०७७, आईतवार ०९:००
नेपालगञ्ज : प्रथम बाँके जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा आयुष खत्री च्याम्पियन भएका छन् । नेपालगञ्जमा शनिवार सम्पन्न प्रतियोगितामा खत्री खुल्लातर्फ ५ अंकका साथ जिल्ला च्याम्पियन बनेका हुन् । यस्तै केशर वली ४ अंकका साथ दोश्रो, अनुपजंग शाह समान ४ अंक तेश्रो, दिपेश शाही चौथो र गौरव पौडेलले पाँचौ स्थान प्राप्त […]