नेपालगञ्जको सुफियाना फ्रेस हाउस सिल

सदरलाइन संवाददाता २२ फाल्गुन २०८०, मंगलवार १४:२५
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँके बजार अनुगमनमा कडारूपमा प्रस्तुत भएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवालाहरुको टोलीले बजार अनुगमनका क्रममा कैफियत पाएको खण्डमा कारवाही गर्दै आएको छ । यसै क्रममा नेपालगञ्जस्थित एक पसललाई जरिवाना तिर्न अटेर गरेपछि सिल गरिएको छ ।

नेपालगञ्ज १० मा रहेको सुफियाना फ्रेस हाउसलाई गत पौष ५ गते भएको अनुगमनमा कैफियत पाई ५ हजार जरिवाना गरिएकोमा हालसम्म दाखिला नगरी अटेर गरेकोले उक्त पसललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए ।


यस्तै लिकर हाउस नेपालगञ्ज ९ मा रहेको अर्ना बियरमा लगाएको “अन्तः शुल्क स्टिकर” उपर थप अनुसन्धान गर्नुपर्ने देखिएकोले २ कार्टुन बियर नियन्त्रणमा लिइ आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालय समेतको सहभागितामा नेपालगञ्ज क्षेत्रका विभिन्न प्रकारका ब्यवसायहरूको स्थलगत अनुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश कृषि मन्त्री यादवद्वारा साना सिँचाइ आयोजना अनुगमन

२२ फाल्गुन २०८०, मंगलवार १४:२५
नेपालगञ्ज : लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गरेका छन् । किसानको खेतबारीमै पुगेर अनुगमन गरेका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल […]