सदरलाइनडटकम
२४, फागुन नेपालगन्ज : बाँके प्रहरीले धम्की दिएर अनाधिृत असुली गर्न खोज्ने गिरोहलाई समात्न सफल भएको छ ।
पक्राउ पर्नेमा सुर्खेत लेखगाँउ–१ बस्ने ३२ वर्षिय बिजय बिक्रम शाह, बाँके राप्तिसोनारी–५ का ३२ वर्षिय केशराज भण्डारी, चितवन भरतपुर उप–महानगरपालिका– ६ बस्ने १८ वर्षिय बिष्णु तिमिल्सीना सोही जिल्ला बस्ने १८ वर्षिय कुशल श्रेष्ठ, नेपालगन्ज ८ बस्ने ५६ वर्षिय राजु भन्ने अस्फाक सिद्धिकी र बाँके कोहलपुर बस्ने ४० वर्षिय रमेश अधिकारी रहेको प्रहरीले जनाएको हो ।
अनुसन्धान कै क्रममा भएको हुदा बाँके प्रहरीले ३ जनालाई मात्र सार्वजनिक गरी अन्य तीन जनालाई गोप्य स्थानमा राखिएको जानकारी दिएको छ ।
बिगत लामो समयदेखि बाँकेको कोहलपुर, दाङ्गका ब्यापारी र उद्योगीहरुलाई फोनबाट धम्काउने र पैसा माग्ने गरेको गुनासो आएपछि संघिय इकाई प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले उनीहरुलाई नेपालगन्जको एक होटलबाट समातिएको बताए । सो समुहले अहिलेसम्म कुनै पनि ब्यक्तिबाट रकम असुल नगरको र फोन गरि धम्काउदै गर्दा प्रहरीले समाउन सफल भएको तामाङ्गले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुलाइ भरीपूर्ण गेष्ट हाउसबाट पक्राउ गरेको र बाँकी तीन जनालाई उनीहरुको बयानपछि फरक–फरक ठाउँबाट नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीका अनुसार उनीहरुले मुख्य रुपमा चार जना व्यवसायीहरुसँग भारी मात्रामा रकम माग गरेका थिए । चार जना व्यवसायीलाई फोनमार्फत धम्याउँदै जम्मा एक करोड ८८ लाख रुपैयाँ माग गरेका थिए ।