दशगजामा अन्तरदेशिय मानव साङ्लो प्रदर्शन

२० भाद्र २०७३, सोमबार १२:५०
 

 सन्दर्भ: मानव बेचविखन बिरुद्धको राष्ट्रिय दिवस

सदरलाइनडटकम/रुद्र सुवेदीIMG_9041
२० भदौ, नेपालगन्ज : ‘एउटै लक्ष एउटै सार मनव बेचबिखन अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नाराका साथ नेपाल भारत सीमा क्षेत्र जमुनाहको दशगजामा मानव बेचविखन बिरुद्ध अन्तरदेशिय मानव साङलो प्रदर्शन गरिएको छ ।
मानव बेचबिखन बिरुद्धको जिल्ला समन्वय समिति बाँकेको आयोजनामा नेपाल–भारतका सरोकारवाला निकाय सहभागि भई मानब बेचविखन बिरुद्धको राष्ट्रिय दिवश–२०७३ मनाउने क्रममा अन्तरदेशिय मानव साङलो प्रदर्शन गरिएको हो ।

  सो कार्यक्रमका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रावीलाल पन्थकोIMG_8962 अध्यक्षतामा आयोजनामा भएको सो कार्यक्रममा दुबै मुलुकका अधिकारी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, विद्यार्थी, शिक्षक, सुरक्षा निकाय, सञ्चारकर्मी, व्यावसायीलगायतको सहभागिता रहेको थियो ।
जमुनाह दशगजामा नै सो कार्यक्रम गर्नाको मुल उद्देश्य नेपाल र भारतका नागरिक समाज, सुरक्षा निकाय, तथा शिक्षक विद्यार्थीका बीचमा सहकार्यको भावना बढाउने र मानव तस्करी रोक्नको लागि आ–आफ्नो क्षेत्रबाट सघाउ पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।
उनले भने–‘मानव बेचबिखन तथा ओसारपसारका विभिन्न प्रक्रिया अपनाउदै मानव तस्करले नेपालगन्जको जमुनाह नाकाबाट वा सीमावर्ती क्षेत्रका नाकाहुँदै नेपालबाट भारत र भारतबाट नेपाल हुँदै सक्रिय हुन सक्छन त्यो रोक्नको लागि दुबै तिरका सुरक्षा निकायको साथै नागरिक समाज पनि उत्तिकै चनाखो हुन आवश्यक छ ।’
भारत नानपारका एसडिएम एसपी शुक्लाले मानव बेचविखनको मुद्दा अत्यन्तै जटिल भएको र त्यसको समाधान तथा बेचविखनमा परेकालाई उद्दार गर्नको लागि पनि दुई देशका बासिन्दाबीचको सम्बन्ध प्रगाढ हुनु पर्ने धारणा राख्दै यस विषयमा सहकार्य हुने कुरामा जोड दिए ।
उनले भने–‘मानव बेचविखनको बिरुद्धको अभियानलाई भारतीय सुरक्षा निकायको साथै नागरिक अगुवाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने छन् । आजको युगमा मानव बेचखिन जस्तो घृणित कार्यमा संलग्नलार्ई नियन्त्रणमा लिनको लागि समन्वय र सहकार्य अत्यन्तै आवश्यक रहेको छ ।’
सो कार्यक्रममा बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले अपराध र अपराधीको कुनै मुलक र राष्ट्रियता नहुने भएको प्रसंग उल्लेख गर्दै सीमा क्षेत्रबाट हुने मानव बेचविखन तथा बैदेशिक रोजगारको लागि हुने ठगिमा संलग्न हुनेहरु खुला सीमाको फाईदा उठाउने भएकोले दुबैतिरबाट समन्वय र सहकार्य हुन सके ती कुराहरु निमूल हुने दावी गरे ।
छिमेकी भारत नानपारका सर्कल अफिसर (सिओ) अजय भदौरिया, ईण्डो नेपाल जर्नालिस्ट फोरमका एसके मदेशिया, सिमान्त कालेजका प्राचार्य एसपि पाण्डेयलगायतले मानव बेचविखन विरुद्ध सहकार्य गरी अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।
महिला तथा बालबालिका कार्यालय बाँकेका फोकलपर्शन बिन्दु कुँवरले स्वागत गरेको तथा माईती नेपलका केशव कोईरालाले सहजीकरण गरेको कार्यक्रममा मानव बेचविखनमा कार्यरत विभिन्न संघसंस्थाहरु विभिन्न नारा सहितका व्यानर लिएर दशगजामा पुगेका थिए । दशगजामा आवश्यक चाँजोपाँजो ईलाका प्रहरी जमुनाहका ईञ्चार्ज प्रहरी निरिक्षक प्रमोद क्षेत्रीले मिलाएका थिए ।
यसैबीच माईती युवा नेपालगन्जले मानव बेचविखनका विरुद्ध सचेतना फैलाउने उद्देश्यले जिल्लाका बिभिन्न स्थानमा पुग्ने गरी साईकल ¥याली निकालेको छ । नेपाल भारत सीमाक्षेत्रबाट सो साईकल ¥यालीको बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थ र भारत नानपारका एसडिएम शुक्लाले संयुक्त उद्दघाटन गरेका थिए ।


IMG_8964 IMG_8967 IMG_8968 IMG_8979 IMG_9009IMG_8990

IMG_9050

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उद्योग बाणिज्य संघको पद हस्तान्त्रण

२० भाद्र २०७३, सोमबार १२:५०
सदरलाइनडटकम, २० भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ निर्र्वाचित पदाधिकारीलाई औपचारिक रुपमा पद हस्तान्तरण गरिएको छ । बर्तमान कार्यसमितिले सोमबार दिउँसो एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा नयाँ कार्यसमितिलाई पद हस्तान्तण गरेको हो । संघको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता भोला सिंह हमालले नवनिर्वाचित अध्यक्ष नन्दलाल वैश्यलाई सपथ […]

सम्बन्धित