सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल र भारतका सुरक्षा अधिकारीबीच आज रुपईडिहामा समसामयिक विषयमा छलफल भएको छ । रुपईडिहास्थित आदर्श थाना कार्यालयको आगन्तुक कक्षमा बुधवार अपरान्ह छलफल भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, बहराइचका जिल्ला अधिकारी शम्भु कुमारको विशेष उपस्थितीमा सुरक्षा अधिकारीसहितको वैठकमा कोरोनाभाइरस विरुद्धको दुई देशीय अवस्था, उद्धार र नियन्त्रणको प्रयासबारे छलफल भएको हो ।
भारत र नेपालमा लकडाउन गरिएपनि भारतका विभिन्न स्थानबाट सीमानाका पुगेका नेपालीहरुको नेपाल प्रवेशपछिको उत्पन्न अवस्था र आपसी समन्वयबारे अधिकारीबीच छलफल भएको छ ।
समन्वयमै दुवै देशका नागरिकको उद्धार गर्ने सहमती भएको छ । वैठकमा बाँकेका प्रहरी उपरीक्षक विरबहादुर वली, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, बहराइचका पुलिस अधिक्षक विपिन कुमार मिश्रलगायतको उपस्थिती थियो ।
