मन्टेश्वरी एशोसियसन बाँकेले मेयर र उप–मेयरको ध्यानाकर्षण गरायो

१३ फाल्गुन २०७४, आईतवार २०:३२
 

सदरलाइनडटकम
१३ फागुन नेपालगन्ज : मन्टेश्वरी एशोसियसन अफ बाँकेले आईतबार नेपालगन्ज उप–महानगरपालिका प्रमुख र उपप्रमुखलार्इ सुझाब पत्र पेस गरेको छ।
स्थानीए निकायमा निर्माण हुन गइरहेको शिक्षा ऎनमा मन्टेश्वरी विद्यालयहरुले अपनाउनु पर्ने मापदण्ड र नयाँ दर्ता हुने मन्टेश्वरी विद्यालयको हकमा स्थानीय निकायले लागु गर्नु पर्ने मापदण्डलाई समेटिएको एशोसियसनका सल्लाहकार गोबिन्द पौडेलले जानकारी दिए।
अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा गएको टोलिमा सल्लाहकार पौडेल, उपाध्यक्ष दुर्गा बजगार्इ, कोषाध्यक्ष खिमा थापा र सहसचिब सरु पौडेलको उपस्थिति रहेको थियो। सुझाबपत्र बुझ्दै प्रमुख राणाले एशोसियसनको सुझाबले आफुहरुलार्इ कानुन निर्माणमा महत्त्वपूर्ण सहयोग मिल्ने बताए।
सोही अवसरमा उपप्रमुख उमा थापाले आफुहरु स्थानीय शिक्षा ऐन निर्माणको क्रममा रहेको अवस्थामा मन्टेश्वरी एशोसिएसनको सुझाब एकदमै महत्त्वपूर्ण रहने बताईन।
२०७४ सालमा स्थापित संघमा हाल जिल्लाभरिका १६ मन्टेश्वरी विद्यालय आवद्ध रहेको सहसचिब सरु पौडेलले जानकारी दिईन ।


 

Next Post

नेपालगन्ज उप–महानगरको फोहर व्यवस्थापनमा हिमालयन बैंकको साथ

१३ फाल्गुन २०७४, आईतवार २०:३२
सदरलाइनडटकम १४ फागुन, नेपालगन्ज  : हिमालयन बैंक लिमिटेडले नेपालगन्ज उप–महानगरसंगको सहकार्यमा नगरमा फोहरमैला व्यवस्थापनको लागि आर्थिक सहयोग गरेको छ । उप–महानगरलाई सफा राख्नको लागि आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत बैंकले सो सहयोग गरेको हो । नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणालाई हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखाका प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले […]