बाँकेलाई पूर्ण विद्युतिकरण जिल्ला घोषणाको तयारी

सदरलाइन संवाददाता २० फाल्गुन २०७८, शुक्रबार १७:१२
 

नेपालगञ्ज : बाँकेमा करिव ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ । नरैनापुर गाउँपालिकाबाहेक अन्य सबै पालिकामा विद्युत सेवा पुगेको छ ।

बाँकेका ५६ हजार ८ सय ९६ घरधुरीले विद्युत जडान गरिएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए । जिल्लाका ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच भएपछि जिल्लालाई पूर्ण विद्युतिकरण जिल्ला घोषणाको तयारी गरिएको प्याकुरेलले बताए ।


नरैनापुरका केहि गाउँ बाँकी भएका कारण पूर्ण विद्युतिकरण घोषणा गर्न नसकिएको उनको भनाइ छ । दुई महिना भित्र नरैनापुर गाउँपालिकाका सवै घरमा विद्युत सेवा पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

९५ प्रतिशत जनतामा विद्युत सेवा पुगे पूर्ण विद्युतिकरण घोषणा गर्न सकिन्छ । प्याकुरेलले भारतबाट विद्युत आपूर्ती घटाउँदै लगेको बताए । सुखा सिजनमा मात्र भारतबाट विद्युत ल्याएको बताउँदै उनले फागुनमा भारतीय विद्युत प्रयोगमा नआएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा एक थुनुवाको मृत्यु

२० फाल्गुन २०७८, शुक्रबार १७:१२
नेपालगञ्ज : कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो । फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी […]