बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन

१३ फाल्गुन २०७४, आईतवार १२:१२
 

एजेन्सी । विवाह समारोहमा सहभागी हुन दुबई गएकी बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षीया अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीसँगै उनका पति बोनी कपुर र छोरी खुसी पनि विवाहमा सहभागी हुन दुबई गएका थिए। चार दशकदेखि बलिउड क्षेत्रमा राज गरेकी श्रीदेवीले पछिल्लो समय माम चलचित्रमा मुख्य भूमिका निभाएकी थिइन्।

श्रीदेवीले अभिनय गरेका चलचित्र खुदा गवाह, मिस्टर इण्डिया, चांदनीजस्ता चलचित्र सुपरहिट बनेका थिए।


पछिल्लो समय उनको चलचित्र माम प्रदर्शन भएको थियो। यो चलचित्रमा उनले आमाको भूमिका निर्वाह गरेकी थिइन्। श्रीदेवीले यो चलचित्रका लागि यतिधेरै मेहनत गरेकी थिइन् की चलचित्र निर्माता बोनी कपुर आफ्ना पति हुन्।

चलचित्रको ट्रेलर सार्वजनिक हुँदा उनले यो कुरा सार्वजनिक गरेकी थिइन्। उनले चलचित्रको तयारी गर्नका लागि आफ्ना पनि बोनी कपुरसँग तीन महिनासम्म कुरा गर्न पाइन्। उनले भनेकी थिइन्, ‘तीन महिनासम्म मैले बोनीसँग पतिका रुपमा कुरा गरिन्।’ विहान गुड मर्निङ र बेलुकी गुड नाइट मात्र हुने गरेको उनको भनाई थियो।

यो चलचित्रको निर्देशन रवी उद्यावरले गरेका थिए भने श्रीदेवीका पति बोनीले यो चलचित्र निर्माण गरेका थिए। यो चलचित्रका लागि कुनै कुराको असर नहोस् भनेर उनले सबै ध्यान चलचित्रमा लगाएकी थिइन्।

Next Post

मानव बेचबिखनविरुद्ध मेची–महाकाली अभियानको टोलीको नेपालगन्ज पुग्दा भब्य स्वागत

१३ फाल्गुन २०७४, आईतवार १२:१२
सदरलाइनडटकम १३ फागुन,  नेपालगन्ज : मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले माईती नेपालद्वारा सुरु गरिएको मेची–महाकाली अभियान नेपालगन्ज आइपुगेको छ । उनीहरुलाई मानव बेचबिखन बिरुद्धको जिल्ला समितिले नेपालगन्ज आइपुग्दा भब्य स्वागत गरिएको छ । सुदूरपश्चिमको महेन्द्रनगर र पूर्वको काकडभिट्टाबाट अभियान थालिएको हो । सुदूरपश्चिमबाट माईती नेपालले सञ्चालन गरेको अभियानमा प्रशासकीय अधिकृत […]

सम्बन्धित