सिंचाइ मन्त्रालयका सचिवसहित ३ जना त्रिशूलीमा वेपत्ता

२७ माघ २०७४, शनिबार ०८:३२
 

२७ माघ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् ।

कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।


चालक घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए । वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको भण्डारीले बताए ।

(अनलाइनखबर)

Next Post

भारतले गुगललाई लगायो २ अर्ब जरिवाना

२७ माघ २०७४, शनिबार ०८:३२
कम्पिटिसन कमिसन अफ इण्डियाले गुगलमाथि २ अर्ब रुपैयाँ भन्दा धेरै जरिवाना गरेको छ । अनलाइन सर्च तथा विज्ञापन बजारमा आफ्नो मजबुत स्थितिको दुरुपयोगका विषयमा दोषी ठहर गर्दै भारतको कम्पिटिसन कमिसन अफ इण्डियाले गुगलमाथि १ अर्ब ३५ करोड ८६ लाख भारु जरिवाना गरेको हो । Matrimony.con र कन्जुमर युनिटी एण्ड ट्रस्ट […]

सम्बन्धित