२० वर्षीया युवतीलाई आगो लगाएर हत्या प्रयास

२४ माघ २०७४, बुधबार १८:११
 

२४ माघ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ मा एक महिलामाथि आगो लगाई हत्या प्रयास भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका हार्सरकी २० वर्षीया हजरा खातुनलाई आफ्नै परिवारका सदस्यले जीउमा मट्टीतेल छर्केर आगो लगाएका हुन् ।

घटना गएको शनिबार बिहान ९ बजे भएको हो । हजराको टाउकोभन्दा तलको ८५ प्रतिशत शरीरको भाग जलेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

शरीरको अधिकांश भाग जलेका कारण घाइते हजराको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । घरायसी विवादमा महिलामाथि आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।


घटनामा संलग्न रहेको आशंकामा प्रहरीले हजराको श्रीमान रसिद राइनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक सिंहले बताए ।

घरायसी विषयमा विवाद हुँदै आएको त्यही कारणले घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । हजराको नागरिकता बनाइदिने विषयमा विवाद भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

हजराको माइती पक्षले छोरीले सम्बन्ध विच्छेद गर्न नमान्दा परिवारका सदस्यले मट्टीतेल छर्केर जलाउने प्रयास गरेको भन्दै पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका छन् ।

अनलाइनखबरबाट

Next Post

रुकुमकोटमा सदरमुकामको आन्दोलन जारी

२४ माघ २०७४, बुधबार १८:११
सदरलाइन / चिना बिक २४ माघ, रुकुम पुर्व  : गत माघको ११ गतेको मन्त्रिपरिषदको निर्णयले रुकुम ९पुर्व० को सदरमुकाम सार्ने पुथाउत्तरगंगा गाउँपालिकाको १२ नम्बर वडा गोलखारामा सार्ने निर्णयको बिरुद्ध रुकुमकोटमा १४ औं दिन पुग्दा पनि आन्दोलन जारी छ । सिस्ने गाउँपालिकाका ५ र ६ नम्बर वडा, रुकुमकोटमा रहेको रुकुम९पूर्व०को सदरमुकाम […]

सम्बन्धित