बाँकेमा १३ लाखको अवैध सामान बरामद

सदरलाइन संवाददाता २० भाद्र २०८०, बुधबार १५:४८
 

नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटहरुले बाँके जिल्लाको विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४ सय २५ रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट गणले करीव ३ लाख ३७ हजार ९ सय २० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, १ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ ।

यसैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाहा) बाँकेले नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहाबाट १ लाख ६२ हजार ९ सय ६० रुपैयाँ राबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।


नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवाबाट बिओपी जयसपुर बाँकेले १७ हजार ९ सय रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक्स र लत्ताकपडा, बिओपी बढैयाँ बाँकेले जानकी गाउँपालिका १ शिवपुरीबाट ५ लाख ५० हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा र ५० हजार रुपैयाँ बराबरको ५ सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।

यसैगरी बिओपी खडैचा बाँकेले डुडुवा गाउँपालिका १ नयाँ बस्तीबाट ३५ हजार ३ सय ४५ रुपैयाँ बराबको सुर्तीजन्य तथा पेय पदार्थ, किराना सामान र बिओपी कट्कुईया बाँकेले नरैनापुर गाउँपालिका १ सुईयाबाट ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा बिओपी गंगापुर बाँकेले नरैनापुर गाउँपालिका १ मटैयाबाट १३ हजार २ सय रुपैयाँ बराबरको बोईलर कुखुराको मासु बरामद गरेको छ ।

बरामद सामान नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ भने बोईलर कुखुराको मासु र मदिरा नेपाल प्रहरी, स्थानीय भद्रभलादमी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गिद्ध संरक्षणका लागि डाइक्लोफेनक औषधि प्रतिबन्ध गर्न आग्रह

२० भाद्र २०८०, बुधबार १५:४८
नेपालगञ्ज : प्रकृतिको कुचिकार गिद्ध संरक्षणका लागि डाइक्लोफेनक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह गरिएको छ । गिद्ध मांशहारी भए पनि आफैँले शिकार भने गर्दैन र मरेको सिनो खाएर प्रकृतिलाई सफा राख्न सहयोग पुर्याउने हुनाले गिद्धलाई प्रकृतिको कुचिकार भनिएको छ । गिद्धको सरक्षणमा लाग्न सके वातावरण मात्र नभएर मानव शरीर […]