सदरलाइनडटकम,
धनगढी : धनगढीमा स्थानीय एक व्यापारीबाट पत्रकार कुटिएका छन् । दिनेश एफएमका सम्बाददाता जनक विष्टलाई व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन् । त्रिनगर माध्यमिक विद्यालयको सटर भाडामा दिएको सम्बन्धमा रिपोर्टिङ गर्न गएका विष्टलाई व्यापारीले कुटपिट गरेका हुन् ।
समाचार संकलनको क्रममा थापाले एकाएक कुटपिट गरेको बताइएको छ । विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा जानकारी लिइरहेका बेला व्यापारी थापाले एकाएक आक्रमण गरेका थिए । कुटपिटबाट घाइते पत्रकार विष्टको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाको विरोधमा पत्रकारका पेशागत संघसंगठनहरूले विज्ञप्ति जारी गरेका छन् ।
