सडक दुर्घटनामा मुनब्वर ड्राईभिङ्गका सञ्चालक मुनब्बर हल्वाईसहित दुईको मृत्यु तीन घाइते

१८ माघ २०७४, बिहीबार १७:३०
 

सदरलाइनडटकम  
१८ माघ, नेपालगन्ज  :  नेपालगन्जबाट रुपैडिहा जादै गरेको जिप भारत बहराईच जिल्लाको रिसियामा दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् ।
उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको रिसियामा ट्रक र भ्यान एकआपसमा ठोक्किदा सो दुर्घटना भएको हो । दुर्घटनामा परेर बाँकेको नेपालगन्ज निवासी मुनब्बर अली हल्वाई र रोशन शाहको मृत्यू भएको छ । हल्वाई नेपालगन्जमा ड्राईभिङ्ग स्कुल सञ्चालक हुन भने शाह सेवा निबृत्त प्रहरी हुन ।
भारतको रुपैडिहाबाट लखनउका लागि जादैं गरेको यूपी ४० एक्स ८६१४ नम्बरको महेन्द्रा गाडी र युपी २१ एन ७०६२ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा नेपालगन्ज निवासी संग्राम शाह, अंगुर खड्का र ईमरान अली हल्वाई घाइते भएका छन् । घाइते इमरान मृतक मुनब्बरका छोरा हुन् । ईमरानलाई थप उपचारका लागि लखनउ रेफर गरिएको छ ।
अन्य घाइतेको भने बहराईचमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएइको छ । मृतक हल्वाई मंसिरमा सम्पन्न प्रतिनिधीसभामा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । हल्वाई नेपालगन्जमा मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्गका संचालक समेत हुन् । मृतक शाह पुर्ब प्रहरी नायब निरिक्षक हुन् ।

Next Post

लायन्स क्लव डिष्टिक ३२५ बि–२ को छैटौं राष्ट्रिय महाधिवेशन नेपालगन्जमा हुने

१८ माघ २०७४, बिहीबार १७:३०
सदरलाइनडटकम,  १८ माघ, नेपालगन्ज : सामाजिक अग्रणी संस्था लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि–२ को छैटौं राष्ट्रिय महाधिवेशन आगामी चैत्र १७ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । लायन्स क्लव ईन्टरनशनल डिष्टिक ३२५ बि–२ का डिस्टिक गर्भनर मधुसुदन शर्मा रिजालले सो राष्ट्रिय महाधिवेशनमा काठमाण्डौ, बिरगन्ज, हेटौडादेखि पश्चिम नेपालका सबै लायन्स […]