छविले भने ‘मंगलम’को रिलिजपछि शिल्पासंग बिवाह

१५ माघ २०७४, सोमबार १९:५८
 

सदरलाइन / रुद्र सुवेदी
१५ माघ नेपालगन्ज  : ‘कुरा सबै मिलि सकेको छ । शिल्पाजीको घरबाट पनि स्वीकृति भएको छ । अव मात्र यो फिल्म मंगलमको रिलिजले मात्र दिन तोक्न पाएको छैन’–चर्चित फिल्म निर्माता छविराज ओझाले नेपालगन्जमा पत्रकारहरु संग कुरा गर्दै भने ।
नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि बिवाह हुने कुरा उनले आफैले नेपालगन्जमा खुलासा गरे । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा र शिल्पाको फिल्म क्षेत्र मात्रै नभई जीवनमा समेत नजिकिएका छन ।
नयाँ फिल्म ‘मंगलम्’ को प्रचार प्रसारका क्रममा नेपालगन्ज पुगेका ओझाले फिल्म रिलिजपछि बैवाहिक जीवनमा बाँधिने बताउदै गर्द मञ्च मै बसेकी शिल्पा भने एकोहोरो टोलाएकी थिईन ।
शिल्पासँग फिल्म क्षेत्रमा सफलता पाएपछि व्यक्तिगत जीवन समेत सफल हुने निश्चित गरी बिवाह गर्ने योजनामा पक्का भएको निर्माता ओझाले सञ्चारकर्मीसँग जानकारी दिए । तपाइहरुको सम्बन्धको गरिने चर्चा औपचारिक रुपमा कहिले जोडिन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्माता ओझाले भने, ‘हामी एउटै क्षेत्रमा सँगै काम गरि राखेका छौं, यसमा नाम जोडेर चर्चा हुनु नौलो होइन । अहिले फिल्म रिलिजकै तयारीमा व्यस्त छौं, फिल्मको काम सकिएपछि बिवाह गर्ने योजनामा छौं ।’ उनले शिल्पा र आफ्नो पारिवारिक रुपमा कुरा पक्का भएकाले पनि छिट्टै वैवाहिक जीवनमा प्रवेश गर्ने बताए ।
‘सँधै सँगै हुँदा सफलतासँगै चर्चा पनि धेरै हुनथाल्यो, त्यसैले हामी दुवै वैवाहिक सम्बन्ध जोड्ने कुरामा सहमत भयौं’ उनले भने, ‘मैले शिल्पाको घरमा गएर खाना समेत खाइसकेँ, उनको परिवारपनि हाम्रो सम्बन्धप्रति पोजेटिभ नै देखिएको छ । फिल्मको काम सक्नेवित्तिकै सम्बन्धलाई औपचारिकता दिने तयारीमा छौं ।’ छविले बिवाहको कुरा गरि रहँदा शिल्पाले पनि आउँदो बैशाखसम्म बिवाहमा बाँधिने सहमति जनाएकि छन् । शिल्पा पोखरेलको मंगलम्् फागुन २५ मा देशैभर प्रदर्शनमा आउँदैछ । त्यसैको प्रचार प्रसारका लागि फिल्म टोली देश दौडाहमा लागेको छ ।
यसैबीच पश्चिम क्षेत्रमा महोत्सवहरु आयोजना भइहेकाले फिल्मको प्रचार गर्न सहज हुनभएकाले नेपालगन्जमा आइपुगेको फिल्का निर्देशक नवल नेपालले बताए । उनले फिल्म मंगलम् अन्य फिल्मभन्दा नयाँ कथावस्तु समेटिकएको जानकारी दिए । सामाजिक सद्भाव र मानविय समवेदनालाई यथार्थमा देखाउन खोजिएको छ । मानिसले प्रविधिमा जति सफलता हासिल गर्दै प्रविधिमैत्री भएपनि मानविय समवेदनाको रुप सँधै एउटै हुने सन्देश फिल्मले दिएको निर्देशक नेपालको भनाइ छ । फिल्मभित्र चारवटा गित समावेश गरिएको र द्वन्द्वात्मक दृष्यहरु नभएको बताइएको छ । फिल्मका नायकहरु पुस्प खड्का र पृथ्वीराज प्रसाई पनि फिल्म प्रचारमै लागिरहेका छन् । छविराज प्रोडक्सनको यो २३ औं फिल्म रहेको बताइएको छ ।  

Next Post

नेपालगन्जका मेयर उप–मेयरको दैनिकी दिउँसो जनकार्यमा राती विकास निर्माणमा

१५ माघ २०७४, सोमबार १९:५८
सदरलाइन / रुद्र सुवेदी   १६ माघ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको मेयर तथा उपमेयरको दिनचार्य दिनभरी कार्यालयमा आउने सेवाग्राहीलाई सेवा र राती विकास निर्माणमा खट्ने गरेका छन् । बाक्लो हुस्सु र कुहिरो त्यसमा पनि चिसो शितलहरले गर्दा घरमा बस्नुपर्ने बेलामा उनीहरु गत तीन दिनदेखि निरन्तर सडकमा खट्ने गरेका छन् । नेपालगन्ज […]