ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुईजना गम्भीर घाइते

सदरलाइन संवाददाता २० असार २०८०, बुधबार १५:१८
 

सल्यान : सल्यानमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भिर घाईते छन् । जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटाका अन्दाजी ५० वर्षीय लाल बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार बिहान बागचौर नगरपालिका २ थारमारे बजारबाट वडा न १ ठिन्वाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्रयाक्टर ठिनवाङ खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा ट्रयाक्टर चालक सहित ३ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मध्येका लाल बहादुरलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा बाटोमा नै मृत्यु भएको जिल्ल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।


दुर्घटनामा परी गम्भीर घाइते बागचौर नगरपालिका १ गैरावेदका ट्रयाक्टर चालक २४ वर्षीय युवराज रोकायको नेपालगञ्ज र सोही ठाउँका ४५ वर्षीय कालि बहादुर बस्नेतको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । ट्रयाक्टर सडकबाट एक सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरित शहर बनाउन कोहलपुरमा वृक्षारोपण अभियान

२० असार २०८०, बुधबार १५:१८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले हरित शहरका लागि बुधवारदेखि वृक्षारोपण अभियान शुरु गरेको छ । कोहलपुर नगरपालिका हाताभित्रबाट वृक्षारोपण अभियान शुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षारोपण गरेर अभियानको सुरुवात […]

सम्बन्धित