काठमाण्डौमा दश लाख मूल्य बराबरको पटाका नष्ट

२१ कार्तिक २०७५, बुधबार १४:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौमा १० लाख मूल्य बराबरको पटाका प्रहरीले नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएको झण्डै १० लाख मूल्य बराबरको पटाका काठमाण्डौको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधवार बिहान नष्ट गरिएको हो ।
ठूलो धनजनको क्षति निम्त्याउने प्रतिबन्धित पटाका सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले बताए । परिसरले पटाका बिक्री वितरणमा संलग्न ९ जनालाई नियन्त्रणमा लिई कानूनी कारबाही शुरु गरेको छ ।
परिसरले राजधानीलाई पटाकामुक्त बनाउन अभियाननै सञ्चालन गरेको छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको बिक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिए । उनले पटाका पड्काउने तथा बिक्री वितरण गरेको पाइए प्रहरीलाई सूचना दिन पनि सबैलाई आग्रह गरे ।

Next Post

यमपञ्चकको तेस्रो दिन बुधवार लक्ष्मीको पूजा गरिँदै

२१ कार्तिक २०७५, बुधबार १४:४१
सदरलाइनडटकम, नेपालगञ्ज : यमपञ्चकको तेस्रो दिन बुधवार धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधनाका साथै श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । सफा र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बुधवार बिहानै घर सफा र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, […]