किसानसंँग पालिका प्रमुख कार्यक्रममार्फत कृषिमा आत्मनिर्भर बन्दै बाँकेको बैजनाथ गाउँपालिका

शिवानी विक ११ जेष्ठ २०८१, शुक्रबार १९:०६
 

कोहलपुर (बाँके) :  बाँकेको बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको छ । पालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथ गाउँपालिकालाई देशभरका ७ सय ५३ वटा स्थानीय तह भन्दा फरक ढङ्गले कृषि क्षेत्रमा काम गरेको दाबी गरे ।

उनले स्थानीय नागरिकलाई आफैमा आत्मनिर्भर बनाउनको निम्ति बैजनाथ गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले ‘बिग बजेट’ बिनियोजन गरेको बताए ।

उनले भने–‘बैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषि पेशामा आवद्ध छन् । किसानलाई कृषि मै आत्मनिर्भर गराउनको लागि बैजनाथ गाउँपालिका किसानको घरदैलोमा पुगेर किसानको आत्मबल बढाउने गरेको छ ।’ बैजनाथ गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएर निरन्तर काम गर्दै आएको कारण किसानको गुनासोलाई समाधान गर्नको लागि पालिका किसानको घरदैलो मै पुग्ने गरेको उनको भनाई थियो ।

७० प्रतिशत पालिकाको लगानीमा किसानलाई अनुदानको कार्यक्रम बितरण गर्दै आएको छ । जसले गर्दा किसानलाई कृषि कर्म गर्न सहज भएको छ ।

बैजनाथ गाउँपालिकाले वडा नम्बर २ र ३ लाई मकै पकेट क्षेत्र र ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउनका लागि ४ वटा वडालाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको पालिका अध्यक्ष शाहीले बताए ।


स्थानीयलाई अनुदान प्रदान गर्ने र व्यावसायिक बनाउनेतर्फ गाउँपालिका लागेको बैजनाथ गाउँपालिकाका अध्यक्ष शाहीले बताए । उनले पालिकाका किसानलाई आधुनिक तरिकाले खेती गर्न प्रेरित गर्ने आफ्नो लक्ष रहेको अध्यक्ष शाहीले जानकारी दिए ।

कृषकलाई आवश्यक बिउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको बनाउँदै खेतीयोग्य जमिन वर्गीकरण गरि कृषकका लागि अनुदानसँगै सिँचाइ व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएर लागेको उनको भनाइ छ ।

बैजनाथ गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले आवश्यकता आधारमा यहाँका प्रत्येक किसानका लागि समय समयमा कृषि र पशु पालनतर्फ विभिन्न तालिम, गोष्ठि र कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।

किसानका लागि बैजनाथ गाउँपालिकाले उत्कृष्ट कार्य गरेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ जिगौरामा कृषि फर्म संचालन गर्दै आउनु भएका जगनारायण थारूले बताउछन् । ‘हामी किसानका लागि पालिकाले अनुदानका कार्यक्रम मार्फत कृषि पेशामा आवद्ध गराउनमा प्रेरित गरेको छ । खेति गर्दा हामीले नजानेका कुरा पालिकाले तालिम प्रदान गरी सहयोग गरेको छ’– उनले भने ।

यस्तै कृषि पेशामा आवद्ध भएर बैजनाथ गाउँपालिका वडानं. ६ मा दिदीबैनी पशुपालन फर्म संञ्चालन गर्दै आएकी गिता कुमारी पुनले दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै आएको बताईन । ‘अहिलेसम्म राम्रो व्यवसाय भइरहेको छ । अहिले दैनिक ४० लिटर दूध सङ्कलन हुन्छ । संकलन भएको दुध बाँकेको बिभिन्न डेरीमा पठाउने गरेको छु’–उनले भनिन । उनले पालिकाले किसानसँग पालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरेर आफहुरु जस्ता किसानलाई ठूलो सहयोग पुराएको बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपमहानगरका सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण

११ जेष्ठ २०८१, शुक्रबार १९:०६
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरका सामदायिक कुकुर नियन्त्रणका लागि नगरमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्न उपमहानगरले होराईजन भेट क्लिनिक एण्ड पेट सपसंगको सहकार्यमा पाँच दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न गरेको छ । नेपालगञ्जमा सामुदायिक कुकुरको विगविगी भएपछि नियन्त्रणको लागि बन्ध्याकरण गर्न सुरु गरेको हो । उपमहानगरको पशु सेवा शाखाले समाुदायिक […]