सदरलाइनडटकम,
काठमाण्डौ : फिलिपिन्सको उत्तरी बतानेस प्रान्तमा दुईपटक भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । धेरै भवन र सडकहरु भत्किएका छन् । स्थानीय समयअनुसार शनिवार बिहानै ५.४ र पछि ५.९ म्याग्निट्यूडको भूकम्प गएको हो ।
भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै सुतिरहेकाले भाग्न नपाएर केहीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । धेरै टापु रहेको उक्त प्रान्तमा भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी भने जारी गरिएको छैन । फिलिपिन्स भूकम्पीय गतिविधि धेरै हुने क्षेत्रमा पर्दछ ।
(एजेन्सी)
