दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियन सिप बुधबारदेखि बाँकेमा सुरु हुदैछ ।

११ पुष २०७४, मंगलवार १९:१३
 

सदरलाइनडटकम
११ पुस, नेपालगन्ज  : दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियन सिप बुधबारदेखि बाँकेको साबिकको खजुरा गाँउपालिका वडा नं २ मा सुरु हुने भएको छ। देशभरीबाट करीब ९० जना खेलाडिको उपस्थिती रहने सो प्रतियोगिताको सम्पूर्ण तयारी पुर भएको आयोजकले जनाएको छ ।
यसखेलमा पश्चिमको दार्चुलादेखि पुर्बको ताप्लेजुङ्गसम्मका खेलडीका उपस्थिती रहने मध्यपश्चि खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले बताए ।
मिसन २०७५ को ८ औँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सो खेलको आयोजना गर्न लागिएको समेत अध्यक्ष वलीले बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय एथलेटिक्स संघका केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाहले १८ वर्षपछि भएको स्थनीय चुनाब पछि जुन गाँउपालिकामा भौतिक पुर्बाधारको विकास र जुन गाँउपालीकाले हामीलाई सहयोग गर्ने बिश्वास दिएको त्यसैका आधारमा आफुहरुले बाँकेको खजुरा गाँउपालिकालाई रोजेको बताए ।
उनले खेलकुदको माध्यमबाट पर्यापर्यटनको विकास होस र स्थानीय स्तरमा पनि खेल प्रतिको मोहलाई अझ प्रभाबकारी बनायनको लागि बाँकेमा अयोजना गरेको बताए ।
कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाका आध्यक्ष किस्मतकुमार कक्षपतीले आठौँ राष्ट्रिय खेलकुद बाँकेमा आयोना हुदै गर्दा भौतिक पुर्बाधारलाई टेवा पुग्ने हिसाबले दोस्रो जुनियर एथलेटिक्स आफ्नो गाँउपालिकामा गर्न लागिएको बताए । उनले खेलकुदमा ग्रामीण स्तर देखिनै खेलाडीको पहिचान गरी उत्पादन गर्न सकेमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा राम्रो पहिचान बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Next Post

दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता सुरु, पहिलो दिन पाँच खेल सम्पन्न

११ पुष २०७४, मंगलवार १९:१३
सदरलाइनडटकम    १२ पुस, नेपालगन्ज : बाँकेको खजुरा गाउपालिका–२ केगाउँ स्थित शुक्र आधारभुत विद्यायलको खेल मैदानमा सुरु भएको दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिताको पहिलो दिन विभिन्न विधाका ५ खेल सम्पन्न भएका छन् । शुक्र आधारभुत माविको खेल मैदानमा सुरु भएको सो प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको एक हजार ५ सय मिटर दौडमा […]