बैकुण्ठधाम महोत्सवको हालसम्मको तयारीका बारेमा जानकारी

सदरलाइन संवाददाता ७ कार्तिक २०८१, बुधबार १९:०७
 

नेपालगञ्ज : बाँकेको सिद्धनियाँ घाटमा निर्माण हुने वैकुण्ठधामका लागि आयोजना गर्न लागिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारीको बारेमा आयोेजक समितिले जानकारी गराएको छ ।

आयोजक समितिका संयोजक डा सुरेशकुमार कनोडियाले आगामी कात्तिक २२ देखि ३० गतेसम्म नेपालगञ्जको रामलीला मैदानमा सञ्चालन हुने आध्यात्मिक महोत्सवलाई प्रभावकारी र सफल बनाउन सबैलाई आग्रह गर्दै हालसम्म भएको योगदानको उच्च सम्मान गरेका छन् ।

उनले वैकुण्ठधाम निर्माण सहयोगार्थ सम्पन्न हुन लागिरहेको आध्यात्मिक महोत्सव हामी सबैको साझा अभियान र अपनत्व बनाउने पवित्र उद्देश्य रहेको सबैमा जानकारी गराए ।

‘महोत्सवलाई सफल बनाउने क्रममा कार्यसम्पादनको शिलसिलामा हाम्रा अभियन्ताहरुवाट कहीं कतै अन्जानवस कमिकमजोरी वा यहाँहरुको मन दुखाउने कार्य भएको खण्डमा समग्र टिमको तर्फबाट क्षमायाचना गर्न चाहन्छौ । साथै पवित्र मनोभावका साथ पारदर्शी रुपमा महोत्सव सम्पन्न गरि हाम्रा आम शुभचिन्तकका बीच कार्य सम्पन्न भएपछि यसको प्रगति र भावी योजनाका बारेमा जानकारी गराउने नै छौं ’–आयोजक समिति द्वारा जारी अपिलमा भनिएको छ ।

महोत्सवको प्रमुख उद्देश्यः

–बाँकेको डुडुवा गाउँपालिका–५ राप्तीनदी तटमा पवित्र दाहसंस्कार स्थल ‘बैकुण्ठघाम, सिधनियाघाट’ निर्माणार्थ सहयोग संकलन गर्ने । वैकुण्ठधाम, सिधनियाघाट निर्माणार्थ सहयोगको निमित्त बाँके र आसपासका जिल्ला तथा पालिकाहरूसँग समन्वय गरी महोत्सवलाई प्रभावकारी तथा उपलब्धिमूलक बनाउने ।


–राजनैतिक दल, दलको नेतृत्व, सरकारी तथा गैर सरकारी निकाय, नागरिक समाज, र निर्माण पक्षबीच समन्वय गरि घाट निर्माणमा आइपर्ने विविध समस्या समाधानमा सहजीकरण गर्ने ।

–वैकुण्ठधाम, सिधनियाघाटलाई एक सुव्यवस्थित र सुविधायुक्त घाट तथा विद्युतीय शवदाह गृह, मन्दिर, पितृको मृत्युकर्म, सोह्र श्राद्धकर्म, पितृ मोक्षका कर्मकाण्ड सम्पन्न गर्ने आध्यात्मिक स्थल निर्माण गर्ने र अन्य पर्यटकीय महत्वका संरचनाका साथसाथै ध्यान तथा योग केन्द्रसमेत विकास गरि आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्ने ।

–उत्साहजनक जनपरिचालन, लाभग्राहीहरूको अपनत्व, स्थानीय सरकारहरूसँगको समन्वय, चुस्त ड्ड व्यवस्थापन योजनासहित दिगो अभियानको रुपमा स्थापित गर्ने ।

–समुदायको अग्रसरतामा, आवश्यकता पहिचान, स्थानीय स्रोतको परिचालन गरि एक सामुदायिक सम्पदास्थलको निर्माण गर्न राज्यलाई सहजीकरण गर्ने यसको कार्यान्वयन नीति रहेको छ ।

–सोही अनुरुप हालको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्न २०८१ कार्तिक २२–३० मा नेपालगञ्जको रामलीला मैदानमा वाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेलको नेतृत्वमा वैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको हो ।

– महायज्ञको अलावा उक्त अवसरमा धार्मिक प्रवचन, आध्यात्मिक चिन्तनका साथै अन्य सनातन अनुष्ठान समेत हुने भएकाले बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समिति सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि अपिल गर्दछ । सोचौ त एकछिन, जानै छ एकदिन …

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *