केपी ओलीले के भने नेपालगन्जमा भिडियो सहित

११ मंसिर २०७४, सोमबार १९:२९
 

सदरलाइनडटकम
११ मंसिर, नेपालगन्ज : एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँकेको मुहार फेर्नको लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । नेपालगन्जको त्रिभुवनचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
एमाले अध्यक्ष ओलीले सोमबार दिउसो ३ बजे सम्बोधन गर्ने भनिएको सभामा उनी करिव अढाई घण्टाा ढिलो पुगेका थिए । नेपालगन्जको त्रिभुवन चोक पूर्वलाईन आयोजना गरेको सभालाई सम्बोधन गर्दै भने, विकास र समृद्धिको लागि बाम गठबन्धनलाई विजयी गराउनुहोस ।
उनले सभालाई सम्बोधन गर्दै भने, तपाईहरु लामो समयदेखि धैर्यता पूर्वक पर्खेर बस्नु भएको छ क्षमा चाहान्छौ हाम्रा कारणले लामो समय कुर्नु पर्यो । उनले आफु लुम्बिनी, भैरहवा र गुलरियामा आयोजित आमसभालाई सम्बोधन गरेर नेपालगन्ज पुग्दा निर्धारित समय भन्दा अढाई घण्टा ढिलो पुगेका थिए ।
उनले सभालाई सम्बोधन गर्दै भने,अब नेपालगन्जको विकासलाई कसैले रोकेर रोक्न सक्दैन । यो मानव भेलले नेपालगन्ज जागेको सन्देस दिएको छ । यसले विकासको नया मोड लिने छ । उनले अवको केही दिनमा स्थिर सरकार बन्नबाट कसैले रोक्ने चेष्ठा कसैले गर्न नसक्ने कुरामा जोड दिदै भने, अब हामी अल्पमत, अस्थिर, अलमले र कसैले ढालेर ढाल्ने खेलाउदा खेल्ने सरकार होईन स्थिर अत्यन्त बलियो सरकार बनाउनबाट कसैले रोक्न सक्दैन ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेपालगन्जको सामाजिक सद्भाव तथा ऐतिहासिक नगरलाई शिक्षा, स्वास्थ्य, औद्योगिकिकरण, चक्रपथ, बाटोघाटोको विकास गर्नका लागि ठोस योजनाका साथ बाम गठबन्धनले चुनावी मैदानमा लागेको बताए ।
उनले राँझामा रहेको विमानस्थलको स्तरोन्नती गरी ठूला जेट प्लेनबस्न मिल्ने गरी विकास गर्ने, सिक्टा सिचाई, राप्ती किनारमा तटबन्ध गरी बाढीपीडितलाई सुरक्षित बसोबासको लागि पहल गरिने बताए ।


उनले आफ्नो पार्टीले खासगरी मुस्लिम समुदायका तथा अन्य समुदायको समस्याप्रति अत्यन्त संम्वेदनशिल रहेको बताउदै रमजानको बेलामा निर्वाचन तोकिदा आफुले सदन मै विरोध गरेको स्मरण गराए । मुस्किलले ५ मिनेट बोल्दै गर्दा विद्युत काटिएपछि उनको सम्बोधन रोकीएको थियो ।
सो सभालई माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा बादलले सम्बोधन गरेका थिए । उनले ंिसंगो कम्युनिष्ठ पार्टी निर्माणका लागि बाम गठबन्धनले जित्न आवश्यक रहेकोले सबैले मुलुको विकास र स्थायित्व र शान्तिको लागि बामगठबन्धन आबश्यक भएको औल्याए ।

Next Post

गुल्मीमा काँग्रेसका उम्मेदवार चन्द्र भण्डारी पछाडि हुनुका कारण यी हुन

११ मंसिर २०७४, सोमबार १९:२९
सदरलाइनडटकम    १२ मंसिर, गुल्मी : गुल्मी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं.–१ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीलाई यस पटकको चुनावमा आफ्नै कारण पछाडि पर्ने भएका छन् । ०७० सालमा सम्पन्न दोस्रो संविधान सभामा निकै कष्टपूर्ण संघर्षले चुनाव जितेपनि आफैले गरेका महत्वाकांक्षि कुरा र योजना […]