अल्पमतमा परेको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न एमालेको आग्रह

सदरलाइन संवाददाता २१ असार २०८१, बिहीबार १६:१९
 

काठमाडौं :  नेकपा एमालले सरकारलाई दिएको समर्थन फिर्ता गरेसंगै प्रचण्ड नेतृत्वका वर्तमान सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिन र कुनै पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेको छ ।

संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएकोले वर्तमान सरकार अल्पमतमा परेको स्मरणसमेत गराएको छ ।

‘वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ’,–पार्टी महासचिव शंकर पोखरेलले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।


संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको एमालेले स्पष्ट पारेको छ । ‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न, नगराउन एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

एमालेले माओवादीलाई राष्ट्रिय सहमतिको सरकारमा आउन पनि औपचारिक रूपमा आह्वान गरेको छ । ‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

२१ असार २०८१, बिहीबार १६:१९
काठमाडौं : पछिल्लो सत्ता समिकरण फेरिए संगै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन धमाधम फिर्ता हुन थालेको छ । एमालेले समर्थन फिर्ता लिएसंगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको […]