संविधानको रक्षा र सम्बृद्धिका लागि मत माग्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार

३ मंसिर २०७४, आईतवार १९:०२
 

सदरलाइनडटकम 
३ मंसिर, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनले बाँकेमा प्रचार अभियानलाई तीब्र बनाएको छ । गठबन्धनका उम्मेदवारले बाँकेका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ वटै प्रदेश सभा क्षेत्रमा आइतबार प्रचार अभियानलाई तीब्रता दिएको जनाएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभा ख का उम्मेदवाहरुले आइतबार घरदैलो गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १२ का चप्परगौडी, खड्गवार, मिगुवा, मसुरी खेत, सुन्दरी वस्ती, बाउना लगायतका स्थानमा घरदैलो गरेको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्रीले जानकारी दिए ।
घरदैलोमा प्रदेश सभा ख का उम्मेदवार नारायण गौडेल लगायतका नेता कार्यकर्ता सहभागी भएको कांग्रेस कोहलपुरले जनाएको छ । लोकतन्त्रको रक्षा र विकास तथा समृद्धिका लागि आफूहरुलाई जिताउन मतदाता समक्ष आग्रह गरेको खत्रीले बताए । प्रदेश सभा क का उम्मेदवार शरदचन्द्र बर्माले पनि आफ्नो क्षेत्रमा घरदैलो र कोणसभा जारी राखेको बताएका छन् ।


यसैगरी बाँके क्षेत्र नम्बर २ र प्रदेश सभाका क र ख निर्वाचन क्षेत्रमा पनि प्रचारप्रसारलाई तीब्रता दिइएको लोकतान्त्रिक गठबन्धनले जनाएको छ । २ क को हिरमिनियामा घरदैलो र कोणसभा गरिएको छ ।
त्यस्तै २ क कै नेपालगञ्ज उपमहानगरको वडा नम्बर १८ कारकाँदोमा पनि घरदैलो गरिएको छ । त्यस्तै २ ख को नेपालगञ्ज उपमहानगर वडा नम्बर ४ गणेशपुर, वडा नम्बर ९ बाँकेगाउँमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालयको आइतबार उद्घाटन गरिएको प्रचार सचिवालयले जनाएको छ ।



राप्रपाका नेता ऋषि देवकोटाले ती कार्यक्रमहरुमा प्रतिनिधि सभाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभाका उम्मेदवारद्वय निरन्जनसिंह सिंजापति र सुरेन्द्र हमाल लगायत कांग्रेस र राप्रपाका नेता कार्यकर्ता सहभागी रहेको बताए ।
यसैगरी क्षेत्र नम्बर ३ र प्रदेश सभाका क्षेत्रहरुमा पनि उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । आइतबार साईगाउँ र राधापुरमा चुनावी सभा गरिएका छन् । सो सभालाई प्रतिनिधि सभाका उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा ख का उम्मेदवार लक्ष्मीनारायण शाहले सम्बोधन गर्दै कांग्रेसको पुरानो शाख फर्काउने अवसर आएको भन्दै आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन् । दुई वटा संविधानसभाका निर्वाचन बाहेक कांग्रेसले सफलता हासिल गर्दै आइरहेको ठाउँमा फेरि पुरानो विरासत फर्काउन जनताले साथ दिए विकासको मूल फुटाउने उनीहरुको उद्घोष छ ।
यस्तै प्रदेश सभा–३ क का उम्मेदवार चन्तराम थारुले पनि आइतबार विभिन्न ठाउँमा मतदाता, शुभेच्छुक लगायतलाई भेटघाट गरेका छन् । उनले चिसापानी लगायत क्षेत्रमा भेटघाट गरेको जानकारी दिए ।    

Next Post

नेपालगन्जमा अत्याधुनिक व्युटिपार्लर ट्रेनिङ सेन्टर सञ्चालनमा

३ मंसिर २०७४, आईतवार १९:०२
सदरलाइनडटकम  ३ मंसिर , नेपालगन्ज : नेपालगन्जमा अत्याधुनिक व्युटिपार्लर ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । नेपालगन्जको न्युरोड स्थित गुड न्यु आइटीसी ट्रेनिङ सेन्टर र व्युटिपार्लर ट्रेनिक सेन्टरको आईतबार एक समारोहबीच नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्सेर राणाले उदघाटन गरेका छन् । काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको गुड न्यु आइटीसी ट्रेनिङ सेन्टर व्युटिपार्लरको […]

सम्बन्धित