संघिय समाजबादी फोरम नेपालका उम्मेदवार राई भन्छन ‘संमृद्ध बाँकेका लागि मेरो उमेदवारी’

२२ कार्तिक २०७४, बुधबार १८:४३
 

सदरलाइनडटकम  
२२ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि उम्मेदवारहरु चुनाबी प्रचारको अभियानलाई तीब्रता दिएका छन् । यस क्रममा संघीय समाजवादी फोरम नेपाल बाँकेले चुनावी अभियान तीव्र बनाएको जनाएको छ । जिल्लामा कार्यकर्ता तथा मतादाता भेटघाट, संगठन सुदृढिकरण तथा चुनावी क्रियाकलापहरु सुरु गरिएको पार्टीका प्रवक्ता सम्शुल राइले बताए ।
बुधबार पार्टीको आयोजनामा प्रतिनिधिसभा क्षेत्रनं.२ अन्र्तगतको नेपालगन्ज वडानं. १, ५ तथा १३ मा कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ । त्यसक्रममा प्रतिनिधिसभा क्षेत्रनं. २ मा पार्टीका उमेदवार मो.इस्तियाक राईले बाँकेको समग्र विकासका लागि आफूलाई मतदान गर्न आग्रह गरेका थिए ।
उनले आफू बाँकेवासी नै रहेको र जिल्लाको विकासका लागि सधैँ यहीँ बसेर काम गरिरहेको भन्दै बाँकेलाई अझैं संमृद्ध अनि विकास गर्नका लागि पार्टीलाई भोट दिन आग्रह गरेका थिए । राई २०६४ सालको संविधानसभाको निर्वाचन जितेर श्रम, रोजगार तथा यातायात मन्त्रीसमेत भइसकेका छन् ।
राईले पहाडी, मधेसी र मुस्लिम समुदायको नाममा अरु पार्टीहरुले राजनीति गर्न खोजेर खोक्रो राष्ट्रवादलाई बढवा दिएको समेत बताए । ‘म यही मिश्रित समुदायमा जन्मिए, जहाँ पहाडी, मधेसी, मुस्लिम, थारु सबै जातजाति र समुदाय मिलेर बसेका छन्’ उनले भने ‘म सबै जातजाति र समुदायलाई सम्मान गर्दछु मलाई सबैको सहयोगको आवश्यकता छ ।’


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यकर्ताबाट जनप्रतिनिधि कुटीएपछि ...

२२ कार्तिक २०७४, बुधबार १८:४३
सदरलाइनडटकम     २२ कात्तिक, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ की जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटीएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेबाट नेपालगन्ज उप–महानगरपालिकाको वडा ४ वडा सदस्य एवं नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य ईन्दिरा शाही माथि हातपात भएको छ । मंगलबार राप्रपा पार्टी कार्यालयमा जिल्ला सदस्य विष्णु सिंह ठकुरीले उनी माथि […]