सल्यानको लुहाममा बस दुर्घटना हुँदा ४ को मृत्यु १२ गम्भीर घाइते

८ माघ २०७४, सोमबार १६:१९
 

सदरलाइन / चिना विएल 
८ माघ, रुकुम : रुकुमबाट दाङ घोराही जाँदै गरेको मालिका कालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको यात्रु बाहक बस सल्यानको लुहाम नजिक भान्टाखोलामा दुर्घटना भएको छ ।

सोमबार दिउसो साढे २ बजेतिर भएको सो दुर्घटना परि ४ जनाको घटनास्थल मै ज्यान गएको र १२ जना गम्भीर घाइते भाएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नपा १० की ६५ बर्षीया छन्चरी बिक रहेको र मृत्यु हुने अन्य दुई जना पुरुषको सनाखत हुन सकेको छैन ।


प्रहरीका अनुसार सो वसमा ३० यात्रु सवार रहेका थिए । घाइतेलाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि नेपालगन्ज पठाईएको जानकारीमा आएको छ ।

Next Post

नेपालगन्जमा अत्याधुनिक अक्सिजन ग्याँसको उत्पादन प्लान्ट सञ्चालनमा

८ माघ २०७४, सोमबार १६:१९
सदरलाइनडटकम ८ माघ, नेपालगन्ज  :  उपचार तथा अन्य कामको लागि अक्सिजन ग्याँसको लागि अनेत्र जान नपर्ने गरी नेपालगन्जमा पश्चिम नेपाललाई आवश्यक पर्ने ग्याँ उत्पादन हुने भएको छ । सोमबारदेखि नेपालगन्ज उपमहानगर–१७ परसपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट संचालनमा ल्याईएसंगै अक्सिजन ग्याँसको लागि अनेत्रको भर पर्न नपर्ने भएको हो । एचओ […]