बर्दिया पर्यटकीय हवको रुपमा सम्भावना छ  :  मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता १८ भाद्र २०८१, मंगलवार १६:४१
 

बर्दिया : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय अन्तर्राष्ट्रिय हवको प्रसस्त सम्भावना रहेको बताएका छन् ।

उनले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योग्दान पु¥याएको कारण बाघ, हात्ती, गैडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बनेको उल्लेख गर्दै यसको विकास र प्रचार प्रसार आवश्यक रहेको औल्याए ।


उनले अझै बर्दियालाई विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने बताउदै बर्दियालाई धार्मिक, सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने कुरामा जोड दिए ।

बर्दियाको जिल्लाको पवित्र तिर्थस्थल ठाकुर बाबा मन्दिरको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन । ‘यहाँको पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउन सरकारले बनाउने पर्यटन सर्किटमा जोड्छौं’–उनले भने –‘लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिने गरी प्याकेज बनाउने गरी काम भइरहेको छ । पर्यटनको विकासले समग्र लुम्बिनीको विकासमा टेवा पु¥याउछ ।’

मुख्यमन्त्री आचार्यले बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकतामा पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चालू आर्थिक बर्षमा प्रदेश सरकारले बर्दिया जिल्लामा एक अर्ब बढी बजेट विनियोजन गरेको छ । बर्दियाको रैथाने कृषि बालि प्रबर्द्धनमा समेत सरकारले प्राथमिकतामा राखेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला अदालत पर्सामा न्यायाधीश र कर्मचारीको अभाव

१८ भाद्र २०८१, मंगलवार १६:४१
पर्सा : भौतिक पूर्वाधार र कर्मचारीको चरम अभावका बिच पर्सा जिल्ला आदतले समीक्षा अवधिको तुलनामा १० प्रतिशत बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । आर्थिक वर्ष २०७९/०८०मा ४७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको तुलनामा गत आवमा अदालतले ५७ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको हो । समीक्षा अवधिमा जिम्मेवारी सरि […]