औद्योगिक क्षेत्रमा वायु प्रर्दषण, सुधारमा अटेर गरेपछि उप–महानगरपालिकाको थप दवाव

२२ कार्तिक २०७४, बुधबार १०:४१
 

सदरलाइनडटकम  
२१ कात्तिक, नेपालगन्ज : नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेका केही उद्योगले निरन्तर वायु प्रर्दुषण गरेको पाइएपछि नेपालगन्ज उप–महानगरपालिकाद्वारा निगरानी बढाइएको छ । अधिकांस उद्योगहरुबाट निस्कीने धुवाँ÷धुलोले नगर क्षेत्रको वायू प्रदुर्षण गरेको व्यापक जनगुनासो आएपछि नेपालगन्ज उप–महानगरपालिकाले सम्वोधनको प्रक्रिया अघि बढाएको हो ।
उद्योगको आवश्यक मापदण्ड अनुसार रहे नरहेको बारे पत्राचार गरे पनि त्यसको सुनुवाई नभएपछि उप–महानगरपालिकाले माथिल्लो तहमा दवाव बढाएको हो । उप–महानगरपालिकाका तर्फबाट असोज २९ गते नेपाल सरकार बातावरण संरक्षण नियमावली २०५४को नियम १५ ले उल्लेख गरेको मापदण्डअनुसार गर्न गराउन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई अनुरोधसहितको पत्राचार भएको थियो ।
सो पत्राचारपछि त्यसको सकरात्मक प्रतिक्रिया र सुधार नभएपछि आवश्यक मापदण्ड बारे थप खोजवीन गर्न र कानूनी दायरामा ल्याउन थालीएको हो । पत्राचारअनुसार औद्योगिक क्षेत्रले जवाफ नपठाएको भन्दै उप–महानगरपालिकाले कात्तिक २० गते वातावरण मन्त्रालय वातावरण विभागका महाप्रवन्धकलाई विज्ञसहितको टोली पठाई आवश्यक अनुगमन गर्न र मापदण्ड पुरा नगरेका उद्योगमाथि कानूनी कारवाहीको प्रक्रिया बढाईदिन पत्राचार गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण पुनले धुलो धुवा निस्कीने उद्योगलाई आवश्यक सुधारका लागि ताकेता गरिएको जीकीर गरे । कार्यालय प्रमुख पुनका अनुसार औद्योगिक क्षेत्रभित्र ३८ वटा उद्योग रहेका छन् । जसमध्ये धुलो÷धुवा गर्ने उद्योग ३ वटा मात्र रहेका छन् । उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले उद्योग मापदण्ड बारे थप अध्यनका लागि अनुरोध गरिसकिएकाले व्यस्थापन तथा सम्वोधनको पहल हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४५ थान गोली र यएर गनसहित योगी जमुनाहबाट प्रहरी नियन्त्रणमा

२२ कार्तिक २०७४, बुधबार १०:४१
सदरलाइनडटकम   २२ कात्तिक, नेपालगन्ज : ४५ थान गोली र एक थान यएरगन सहित बाँके प्रहरीले एक जनालाई नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे– ७ का रमेश योगीको साथमा एक थान यएर गन र त्यसमा लाग्ने ४५ […]