सदरलाइनडटकम,
दाङ : बसले किच्दा दाङमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना ४ ख ५४६३ नम्बरको यात्रुबहाक बसले किच्दा तुलसीपुर १४ भोजपुर निवासी ५५ वर्षीय सुशीला वलीको मत्यु भएको हो ।
बसबाट झर्ने क्रममा आफू चढेकै बसले किचेर घाइते हुनुभएकी वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले बताए ।
बसमा सवार उनी आफैँ बस पूरै नरोकिँदै झर्दा उनलाई बसले किचेको प्रहरी निरीक्षक पालले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
