बाँकेमा ९ जना बागीले गरे उम्मेदवारी फिर्ता

१९ कार्तिक २०७४, आईतवार १८:३४
 

सदरलाइनडटकम   
१९ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मध्ये बाँकेमा ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । गत कात्तिक १६ गते प्रदेश सभा र प्रतिनिधि सभाको लागि बाँकेमा ११२ जनाले उम्मेदवारी दर्ता गरेकोमा अब १०३ जना उम्मेदवार कायम भएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङग्रेसका नेता कृष्ण कार्की र नेकपा माओवादी केन्द्रका नेता सबिर खाँ र सुरेशकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन ।
यसैगरी प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता अम्बर खडका र नेकपा एमाले सम्वद्ध हेमकुमार यादवको उम्मेदवारी पनि फिर्ता भएको छ । बागी उम्मेदवारी फिर्ता भएपछि क्षेत्र नम्बर १ का माओवादी उम्मेदवार महेश्वर गहतराज र प्रदेश सभाका उम्मेदवार कृष्णा केसी नमुनालाई राहत भएको छ ।
बागी उम्मेदवारी फिर्ताका लागि माओवादी नेता गहतराज, आईपी खरेल लगायत निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । स्वतन्त्र उम्मेदवार चौधरी अन्तिम समयमा नेतृत्वको बारम्बारको सम्पर्कपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मध्ये मुगबहादुर शाह र धु्रबप्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएका छन । शाह माओृवादी केन्द्र र दाहाल नेपाली काँग्रेसका बागी उम्मेदवार रहेका थिए ।
मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सरोजकुमारी यादवले पनि उम्मेदवारी फिर्ता लिइन । सरोजकुमारी सोही क्षेत्रका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बिजयबहादुर यादवकी पत्नी हुन ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार शकुन्तला पुनले उम्मेदवारी फिर्ता लिएकी छन । क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार शिव डोटेल र क्षेत्र नम्बर ३ प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार विजय पाठकको उम्मेदवारी कायम रहेको छ । पाठक माओवादी सम्वद्ध हुन भने डोटेल एमालेका कार्यकर्ता हुन ।
आइताबार अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन कार्यालयले कामय रहेका सबै उम्मेदवारलाई आइतबार नै चुनाव चिन्ह उपलब्ध गराएको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नै घर अगाडिको कुवामा डुवेर पासीको मृत्यु

१९ कार्तिक २०७४, आईतवार १८:३४
सदरलाइनडटकम १९ कात्तिक, नेपालगन्ज : आफ्नै घरको आँगनमा रहेको कुवामा डुबेर नेपालगन्जमा एक युवकको ज्यान गएको छ । नेपालगन्ज– १७, थुकैलामा घर अगाडीको खुल्ला रहेको इनारमा डुब्दा २२ वर्षिय युवक सुकई पासीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार मृतक पासी मदिरा सेवन गरेर हिड्दा हिड्दै घर […]