निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड परस्पुर १४ दिनपछि सञ्चालनमा

३२ श्रावण २०७७, आईतवार १२:३९
 


नेपालगञ्ज : कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि बन्द रहेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा कार्यलय परस्पुर आइतबार (आज)बाट सञ्चालनमा आएको छ ।

शाखा प्रवन्धक टोपबहादुर रास्कोटीले दिएको जानकारी अनुसार २ महिला र २ पुरुष कर्मचारीसहित ६ जना परिवारका सदस्य गरि १० जनामा कोरोना संक्रमण देखापरेसिछ गत साउन १८ गतेदेखि बन्द रहेको कार्यालय आईतबार साउन ३२ गतेदेखि सञ्चालनमा आएको हो ।


शाखा प्रबन्धक रास्कोटीले कार्यलयमा सेनिटाईज गरि १४ दिनपछि पुर्ण रुपमा संचालनमा आएको बताउदै यसबीचमा सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्राथी रहदै पूर्ण स्स्वाथ्य सजगता अपनाउदै सेवा सुरु गरिएकोले सेवाग्रहीलाई सुरक्षा विधि अपनाएर निर्धक्क सेवा लिन आउनको लागि आग्रह समेत गरेका छन् ।

Next Post

गणपति डेन्टल क्लिनिकद्वारा स्वास्थ्य तथा जलपान सामाग्री बितरण

३२ श्रावण २०७७, आईतवार १२:३९
नेपालगञ्ज  :  नेपालगञ्जमा सञ्चालनमा रहेको गणपति डेन्टल क्लिनिक कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ । अनलाईन खोजखवर मिडिया पार्टनर रहेको सो कार्यक्रममा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको हो । जमुनाह नाकादेखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई […]