टिकट वितरणमा असंटुस्टी जनाउदै मनोनयन दर्ताकै दिन बाँके काँग्रेसमा तालाबन्दी

१६ कार्तिक २०७४, बिहीबार १३:४५
 

सदरलाइनडटकम
१६ कात्तिक, नेपालगन्ज :आगामि मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि टिकट वितरणमा केन्द्रले मनोमानी गरेको भन्दै असंतुष्ट काँग्रेसजनले काँग्रेस बाँके पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि जिल्लामा कार्यकर्ता भित्र असन्तुष्टि बढेको हो । पूर्व पार्टी सभापति स्व. सुशील कोईरालाको निर्वाचन क्षेत्रमा उनको सम्मानको लागि भएपनि काँग्रेसले क्षेत्र छोड्न नहुने भन्ने कार्यकर्ताको मनोभावना रहेको कारण तालाबन्दी भएको हो ।
सो राप्रपालाई दिने सहमति भएपनि जिल्लामा निर्णय नआउदा अन्योल भएको जिल्ला समिति सदस्य सुधांशु कोइरालाले जानकारी दिए । यो क्षेत्र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व.सुशील कोइरालाको क्षेत्र हो । यहाँ राप्रपाका ओमप्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।
अर्कोतिर पार्टी केन्द्रले जिल्ला र क्षेत्रबाट सिफारिसनै नगरेका व्यक्तिलाई टिकट दिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर कमिटीका सभापति बलराम शर्मा र महासमिति सदस्य दुखी लोनियाले पार्टीबाट राजिनामा दिएका छन् ।
‘पार्टी केन्द्रले न्यायोचित काम नगरेको कारण मैले राजिनामा दिएको हुँ’–बाँके निर्वाचन क्षेत्र नं.३ ख का दावेदार रहेका दुखि लोनियाले भने । पार्टीले सो क्षेत्रबाट युवा नेता तथा सञ्चार उद्यमी लक्ष्मीनारायण शाहलाई उम्मेदवार बनाएको छ ।
जिल्ला तहको कुनै पनि सुनुवाई नभएको कारण पार्टीका असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेको नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोईरालाले बताईन । उनले भनिन–‘जिल्ला, क्षेत्र तथा नगरले सिफारिस गरेर पठाएकाबाट उम्मेदवार नपरेको भन्दै असन्तुष्टि चुलिएको हो ।’ उनले उम्मेदवारी दर्तागर्ने दिनमा यस्तो कार्यले राम्रो संकेत नदिने बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बांँकेमा उम्मेदवारी दर्ता‘शान्तपूर्ण

१६ कार्तिक २०७४, बिहीबार १३:४५
सदरलाइनडटकम  १६ कात्तिक नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुले जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा शान्ति पूर्वक उम्मेदवारी दर्ता गराएका छन् । बाम गठवन्धनबाट क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यको लागि अथक उपनामका महेश्वर गहतराज, निर्वाचन […]