एमालेबाट गलहत्याईएका नेता डा.भिम रावल भन्छन : देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य

सदरलाइन संवाददाता १७ पुष २०८१, बुधबार १८:३७
 

काठमाडौँ : नेकपा एमालेबाट गलशत्याईएका नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताएका छन् ।

एमालेबाट निष्कासनमा परेपछि पहिलो पटक आफ्नो आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता रावलले देशका स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्वर्धन तथा जनताका आवश्यकता पुरा बैकल्पिक राजनीतिक शक्तिको निर्माण आवश्यक रहेको धारणा राखेका हुन ।


पत्रकार सम्मेलनमा धेरै समय एमाले अध्यक्ष ओलीको आलोचनमा खचिएका नेता रावले आफूले ५०औं वर्ष बिताएको पार्टीमा सदस्यता नै खारेज गरेपछि नयाँ बाटो हिँड्न लागेको बताए ।

नेता रावलले नयाँ पार्टी घोषणाका सम्बन्धमा भने कुनै योजना उल्लेख गरेनन । राष्ट्रिय स्वाधीनता, नागरिकको जनजीविका र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउन,नेपाल र नेपालीको राम्रो भविष्य अगाडि बढाउन आफु कटिवद्ध रहेको भन्दै आफ्नो अभियानमा साथ दिन नेता रावलले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माघी नजिकिदै गर्दा दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

१७ पुष २०८१, बुधबार १८:३७
देउखुरी – थारु समुदायको माघी पर्व नजिकिएसँगै थारुबस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । माघी पर्व आउनुभन्दा एक महिना अघिदेखि विभिन्न तयारी गर्ने चलन अनुसार आजभोलि थारुबस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व […]