तुलसीपुरमा दाजुभाई मृत फेला

सदरलाइन संवाददाता ५ मंसिर २०८०, मंगलवार १३:५६
 

दाङ : दाङको तुलसीपुरमा दाजुभाई मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत्त अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

डिएसपी पोख्रेलका अनुसार घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिन्छ । उनी दुवै दाजुभाईले पारिवारिक समस्याका कारण विष सेवन गरेको प्रहरीको अनुमान छ । उनीहरु बस्ने घरमा कोही पनि नबस्ने भएकोले कहिले विष सेवन गरे भन्ने एकिन नभएको डिएसपी पोख्रेलले बताए ।


सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत्तकका परिवार भारतबाट आउदै गरेको डिएसपी पोख्रेलले बताए । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असल छिमेकी पोलिक्लिनिद्वारा निःशुल्क स्वास्थ्य शिविर

५ मंसिर २०८०, मंगलवार १३:५६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा सञ्चालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धि रोगको […]