भारतमा उल्कापिंडको चट्टान खसेको आशंका

८ श्रावण २०७६, बुधबार १६:५६
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको बिहारमा आश्चर्य पार्नेगरी आकाशबाट १५ किलोको ढुंगा खसेको छ । बिहारको मधुबनीको यो घटनालाई सबैलाई आश्चर्य चकित पारेको छ । मधुबनीको लौकही नजिकको एक धान खेतमा १५ किलोको ढुंगा आकाशबाट खसेको हो । स्थानीयले आकाशबाट खसेर ढुंगा जमिनमा धसिएको बताएका छन् ।
ढुंगालाई देखेपछि स्थानीयले विभिन्न प्रकारका चर्चा परिचर्चा गरिरहेका छन् । केहीले भगवानको चमत्कारका रुपमा कुरा गरिरहेका छन् भने केहीले एलियनको चर्चा गरिरहेका छन् । खेतमा धसिएको ढुंगा जब स्थानीयले खनेर निकाले त्यहाँ तीन फुटको गहिरो खाडल बनेको छ । थानाध्यक्ष अरविंद कुमारले ढुंगामा चुम्बकीय गुण पाइएको जानकारी दिएका छन् । चुम्बकसमेत ढुंगामा चिप्किएको छ । यसको अनुसन्धान भैरहेको स्थानीय अधिकारीले बताएका छन् ।
प्रत्यक्षदर्शीले ठूलो आवाजसहित खेतमा ढुंगा खसेको बताए । ढुंगा खसेको स्थानमा केहीबेरसम्म सेतो धुँवा देखिएको थियो । आसपासको जमिन तातोसमेत बनेको थियो । ढुंगा हेर्नका लागि सयौं स्थानीय जम्मा भएर भगवानको चमत्कार भन्दै स्थानीयले पूजाअर्चनासमेत गरेका छन् । स्थानीय केही व्यक्तिले ढुंगालाई पिपलको रुखमुनी राखेर पूजा गरेका थिए । ढुंगाको तौल १५ किलो रहेको अनुमान गरिएको छ ।
वैज्ञानिकहरुले उल्कापिंडबाट झरेको चट्टान हुनसक्ने बताएका छन् । आकाशमा लाइटनिङ्गका कारण ढुंगामा म्यानेटिक गुण भएको हुनसक्ने अनुमान गरिएको छ । परीक्षणपछि मात्र प्रष्ट भन्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
(एजेन्सी)

Next Post

उजुरीकर्तासहति ७ जनालाई जनही २५ लाख धरौटी माग

८ श्रावण २०७६, बुधबार १६:५६
सदरलाइनडटकम, नेपालगञ्ज : सिटिजन्स बैंक लिमिटेड नेपालगन्ज शाखामा भएको नक्कली र कम तौलको सुन धितो काण्डमा बैंकका प्रवन्धकसहित ७ जनालाई जनही २५ लाख धरौटी माग गरिएको छ । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा सोमबारदेखि भएको थुनछेक बहसमा अदालतले ७ जनाउपर जनही २५ लाखका दरले धरौटी माग गरेको हो । बैंकमा […]

सम्बन्धित