नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा गाईको बाछीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ दंगपुर्वा घर भएका जलउवा थारुको गोठमा बाँधिएका गाईको बाछीलाई बलात्कार गरेको आरोपमा एक स्थानीय युवक पक्राउ परेका हुन् ।


गाईको बाच्छी बाधेको ठाउँमा उनको कट्टु र मोवाइल फेला परेपछि उनलाई ईलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको हो । गाईको बाच्छीलाई बलात्कार गरेको स्वीकार गरेपनि नाम भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान र कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर पठाएको धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले बताए ।