एमालेको बाँकेको प्रशिक्षण बर्दियामा सुरु

सदरलाइन संवाददाता १७ भाद्र २०८१, सोमबार १९:३९
 

बर्दिया : नेकपा (एमाले) बाँकेको स्कुल बिभागले आफ्ना कार्यकर्ताहरुलाई दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि आयोजना गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा पार्टी महासचिव शंकर पोखरेलले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग गठबन्धन बनेको दावी गरे ।

उनले पार्टीलाई बलियो बनाउन संगठनिक अराजकता अन्त्य हुन आवश्यक रहेको बताए । महासचिव पोखरेलले १० औ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिए ।

कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले मार्क्सवादी अध्ययन,जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिए ।


कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्ने जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरि १५० जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकाल, केन्द्रीय सदस्य सुर्य ढकाल, मोहम्मद हारुन, पशुपति दयाल मिश्र, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार लगायतको सहभागीता रहेको सचीव बलराम भट्टराईले बताए ।

यसैबीच एमाले बाँकेले जिल्ला कमिटी सदस्यको डिजिटल परिचयपत्र बनाइ जिल्ला कमिटी बैठक र कार्यक्रममा अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया पर्यटकीय हवको रुपमा सम्भावना छ  :  मुख्यमन्त्री आचार्य

१७ भाद्र २०८१, सोमबार १९:३९
बर्दिया : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय अन्तर्राष्ट्रिय हवको प्रसस्त सम्भावना रहेको बताएका छन् । उनले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योग्दान पु¥याएको कारण बाघ, हात्ती, गैडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बनेको उल्लेख गर्दै यसको विकास र प्रचार प्रसार आवश्यक रहेको […]