ब्राउनसुगर सहित बर्दियामा एक जना पक्राउ

सदरलाइन संवाददाता १ जेष्ठ २०८०, सोमबार १२:२०
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. २ फुटाहाबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला जुम्ला तिला गाउँपालिका वडा नं.०७ घर भई हाल जिल्ला बाँके खजुरा गाउँपालिका वडा.नं.६ बस्ने अं.वर्ष ३३ को दिलिप रोकायालाई पक्राऊ गरेको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ साइकलमा आउदै गरेको रोकायालाई जाँच गर्दा निजले चलाई लिएको साईकलको अगाडीको हेण्डिलको दाँया तर्फ रहेको घण्टी भित्र पहेलो प्लाष्टिकमा २ पुरिया बनाई लुकाई छिपाई राखेको लागू औषध फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ०२० मिलिग्राम लागूऔषध ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।

बर्दिया जिल्ला अदालत गुलरिया बर्दियाबाट लागू औषध ब्राउन सुगर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओभरहेड टंकी निर्माण भएको १० वर्षसम्म पनि पानी आएन

१ जेष्ठ २०८०, सोमबार १२:२०
नेपालगञ्ज : स्थानीयलाई स्वच्छ पिउने पानीको ब्यवस्था गर्न नेपालगञ्ज उपमहानगरपालिका १५ जयसपुरमा २०६४ सालमा खानेपानीको ओभरहेड टंकी निर्माण थालियो । उक्त टंकी निर्माणको काम १५ वर्षपछि ०६९ सालमा सम्पन्न भयो । ओभरहेड टंकी निर्माण पूरा भएको १० वर्षसम्म पनि उक्त खानेपानी टंकीले पानी पाएको छैन । अहिले उक्त ओभरहेड टंकी […]