शनिवार बाँकेमा बाघले फेरी मान्छे खायो

सदरलाइन संवाददाता २४ पुष २०७८, शनिबार १५:४०
 

नेपालगञ्ज : बाँकेमा फेरी बाघले मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३२ बर्षीया चाँदनी थारुलाई बाघले खाएको हो ।

सदाबहार सामुदायिक बनमा घाँस दाउरा गर्न गएको ६–७ जनाको टोलीमध्ये थारुलाई बाघले शनिवार पौने १२ बजे झम्टेर लगेको थियो ।


साथीहरुले भागेर गाउँमा बताएपछि प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा १२ बजेर २० मिनेटमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मुधसुदन न्योपानेले जानकारी दिए । योसमेत गरी बाघले बाँकेमा ४ जनालाई खाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२४ पुष २०७८, शनिबार १५:४०
नेपालगञ्ज : नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धबप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिद्वन्दी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्ष बनेका हुन् । उनी यसअघि कार्यवहाक अध्यक्ष थिए । श्रेष्ठले २०६ मत र उपाध्यायले १३९ मत पाएको निर्वाचन अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । एक जना सदस्य […]