दृष्टिविहीन बालबालिका अधिकारका लागि बालक्लबमा संगठित

२५ श्रावण २०७४, बुधबार १७:१३
 

सदरलाइन / सिराज खान 
२५ साउन, नेपालगन्ज : दृष्टिविहीन बालबालिकाहरुले आफ्नो अधिकार र क्षमता विकासका लागि बालक्लब गठन गरेर संगठित भएका छन् । स्थानीय मंगलप्रसाद माध्यमिक विद्यालयको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुले एक भेलाको आयोजना गरेर नव प्रतिभा नामक बाल क्लब गठन गरी सो क्लबमा संगठित भएका छन् ।
दृष्टिविहिन बालबालिकाहरुको बाल भेलाले विष्णु विकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र १३ जना साधारण सदस्य रहने गरी २६ जनाको बाल क्लब गठन गरेको छ । क्लबको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश शिवराज विक, हरि बहादुर क्षेत्री, हरिकला विक र यमजन विष्ठ रहेका छन् ।
अपाङ्गता भएका बालबालिकाहरुको क्षमता अभिबृद्धि तथा बालअधिकारको वकालतका लागि अपाङ्गता भएका बालबालिकाहरुलाई संगठीत गरेर बाल क्लबको गठन गरिएको नव प्रतिभा बाल क्लबका अध्यक्ष विष्णु विकले बताए । उनले दृष्टिविहिनहरुको अपांगता भएका क्षमता अभिबृद्धि गरेर उनीहरुलाई पनि अन्य बालबालिका जस्तै अगाडि बढाउन क्लबले बिभिन्न रचनात्मक काम गर्ने दाबी गरे ।
बालअधिकार बारे सबैलाई जानकारी गराउने र अपांगता भएका बालबालिकाले पाउने सेवा सुविधा समेत सबैले थाहा पाउनु पर्ने जनाउँदै क्लबका अध्यक्ष विकले सोहीका लागि पहिलो पटक दृष्टिविहीनहरु बालक्लबमा संगठीत भएको बताए ।
नव प्रतिभा बाल क्लबका उपाध्यक्ष शिवराज विकले आफुहरुले आफुजस्तै अन्य बालबालिकाको खोजी गरेरै भएपनि उनीहरुलाई समेत समेट्ने बताए ।
नेपालगञ्जको सहरी गरिब बस्तीमा बसोबास गर्ने बालबालिका र अपांगता भएका बालबालिकाका लागि आयोजना गरिएको सहयात्रा परियोजना अन्तर्गत दृष्टिविहीन बालबालिकाहरुलाई संगठीत गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत विरेन्द्र थापाले जानकारी दिए ।
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरिरहेको सहयात्रा परियोजना अन्तर्गत नेपालगञ्जका ५ वटा गरिब बस्तीमा बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु संचालन भैरहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
बाल क्लबको गठनमा सहयात्रा परियोजनाका अधिकृत गुलाम गौसले सहजीकरण गरेको सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष बर्माले परियोजनाका बारेमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरपालिकाको कम्पाउण्ड संगै जोडिएको बाटोको दुर्दसा यस्तो छ अन्तको कुरा छाडौ...

२५ श्रावण २०७४, बुधबार १७:१३
सदरलाइनडटकम २५ साउन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा जनप्रतिनिधि पुगेपछि के केन विकास हुन्छ त्यसमा पनि विकास प्रेमी नगर प्रमुख पाएपछि त रातारात आफै विकास हुन्छ भन्नेहरुका लागि ‘हात्ति आयो हात्ति आयो फुस्सा’ हुने भएको छ । भनिन्छ दिनको संकेत विहानीले गर्छ तर, नेपालगन्ज उप–महानगरपालिकाले मेयर उप–मेयर सहित जनप्रतिनिधि पाएको पनि […]