नेपालगन्ज उप–महानगरपालिकाको कम्पाउण्ड संगै जोडिएको बाटोको दुर्दसा यस्तो छ अन्तको कुरा छाडौ…

२५ श्रावण २०७४, बुधबार १८:०७
 

सदरलाइनडटकम
२५ साउन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा जनप्रतिनिधि पुगेपछि के केन विकास हुन्छ त्यसमा पनि विकास प्रेमी नगर प्रमुख पाएपछि त रातारात आफै विकास हुन्छ भन्नेहरुका लागि ‘हात्ति आयो हात्ति आयो फुस्सा’ हुने भएको छ ।
भनिन्छ दिनको संकेत विहानीले गर्छ तर, नेपालगन्ज उप–महानगरपालिकाले मेयर उप–मेयर सहित जनप्रतिनिधि पाएको पनि एक महिना भन्दा बढी भयो तर, नेपालगन्जका जनताले कुनै अनुभूति पाउन सकेका छैनन् ।
सुधार गर्नको पहिलो सुरुवात आफ्नो घरबाट सुरु गरेर छरछिमेक हुँदै गाउटोल जानु पर्नेमा जनताले अपार मत दिएर सम्मान गरेका जनप्रतिनिधिहरु विकासको काम छाडेर दिनहुँ सम्मान मै दिन बिताउदा स्र्माट सिटी र सफा नगर बनाउने प्रतिबद्धता बोकेका नगर प्रमुख तथा पदाधिकारीहरु एक महिने कार्यकालमा आफ्नै कार्यालय परिसर सफा राख्न सकेका छैनन् सिंगो नगरको त कुरै छाडौ ।
नेपालगन्ज उप–महानगरपालिकाको कम्पाउण्डसंगै जोडिएको यो बाटोको गति सानो पानी आउदा पनि हिलाम्य हुँदै पोखरीमा परिणत हुन्छ तर, नगरका कुनै पदाधिकारीको नजर पर्दैन ।
‘कति पटक यो बाटोको मर्मत गरिदिनु प¥यो भनेर भनियो डेलिगेशन गईयो तर वास्ता नै भएन’– सो बाटो हिड्ने एक बटुवाले भने । उनले वडा अध्यक्षदेखि मेयर उप–मेयर, योजना शाखाका ईञ्जिनियर सबैलाई भन्दा पनि कुनै सुनुवाई नभएको बताए ।
नेपालगन्ज नगर क्षेत्र भित्र यस्ता धेरै समस्या छन् । लक्ष्मी चलचित्र मन्दीर हुँदै घोसिटोल जाने बाटो अवरुद्ध भएको महिना पुग्न लाग्यो अझै सुचारु हुन सकेको छैन । सो बाटो बनाउन पहल गर्ने वडा अध्यक्षमाथि संघातिक हमला भएपनि राजनीतिक ढाकछोप गरी अपराधी बचाउने चलखेल समेत सुरु भएको बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गर्न सिँचाई मन्त्रीको निर्देशन

२५ श्रावण २०७४, बुधबार १८:०७
सदरलाइन / रुद्र सुवेदी २५ साउन, नेपालगन्ज : नेपाल सरकारका सिँचाई मन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय मै सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । उनले यी आयोजनाहरु एउटै अम्ब्रेलाबाट सञ्चालन गर्ने गरी मेघा प्रोजेक्ट तयार पार्नसमेत निर्देशन दिएका छन् । सुर्खेतमा निर्माणधिन भेरी–बबई डाईभर्सनको हेडवकर््स र कर्णली […]