जिल्ला समन्वय समिति बाँकेको संयोजकमा एक, सह–संयोजकमा ३ जनाको उम्मेदवारी

१९ श्रावण २०७४, बिहीबार १५:५४
 

 सदरलाइनडटकम
१९ साउन, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेको संयोजकमा बाँके नरैनापुर गाउपालिकाका अजयकुमार श्रीवास्तवको मात्र उम्मेदवारी परेको छ । उनी संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन । बिहीबार मनोनयन दर्ताको लागि जिल्ला समन्वय समितिको संयोजकमा श्रीबास्तबको मात्र उम्मेदवारी परेपछि उनी संयोजक निर्वाचति हुने पक्का भएको छ ।
यसैगरी सह–संयोजकको लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेसबाट दुई जनाले र एमालेका एक जना गरी तीनजनाको उम्मेदवारी परेको हो । नेपाली काँगेसबाट धु्रवप्रसाद दाहाल र ज्ञानेन्द्र कुमार चौधरीले उम्मेदवारी दिएका छन् भने एमालेका अतिउल्ला खाँ को उम्मेदवारी परेको छ ।
संयोजक उप–संयोजकसंगै ९ सदस्यीय जिल्ला समन्वय समितिका पदाधिकारीको निर्वाचन यही साउन २५ गते हुने छ । जिल्ला समन्वय समिति बाँकेको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसंगै बिहीबार उम्मेदवारी दर्ताको लागि मिति तोकेको थियो ।
मुख्य निर्वाचन अधिकृत तथा बाँके जिल्ला न्यायाधिश तेजनारायण पौडेलले संयोजकको लागि १, सह–संयोजकका लागि ३ जना, महिला सदस्य ३ जनाको लागि ६ जना, दलित तथा पिछडियको १ सदस्यको लागि २ र अन्यबाट ३ सदस्यको लागि ५ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, माओवादी केन्द्र र राप्रपा गरी चार दलबीच फोरमलाई संयोजक र कांग्रेसलाई सह–संयोजक दिएर निर्वाचनमा जाने भनि भएको गठबन्धन अनुसार फोरमले श्रीवास्तवलाई उम्मेदवार बनाउने भएपछि उनी प्रमुख बन्ने निश्चित भएको हो । नेपाली काँग्रेसबाट दुई जनाले सह–संयोजकमा उम्मेदवारी दिएपछि सहसंयोजकमा को हुने अन्यौल देखिएको छ ।
१६ सदस्यीय जिल्ला सभामा एमालेको ७ र फोरमको २ सदस्य रहेका छन् भने नेपाली काँग्रेसका ६ र राप्रपाका एक सदस्य रहेका छन् । कांग्रेस, फोरम, माओवादी र राप्रपाबीच गठबन्धन भएपछि ती चार दलको जिल्ला सभामा बहुमत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किरण नालामा डुवेर किशोर बेपत्ता खोजिकार्य जारी

१९ श्रावण २०७४, बिहीबार १५:५४
सदरलाइनडटकम २० साउन, नेपालगन्ज : पौडिखेल्न र जामुन खान गएका एक किशोर नालामा डुबेर बेपत्ता भएका छन् । बाँके खजुरा गाँउपालिका–१ का १७ वर्षिय किशोर पवन राना किरणनालामा डुबेर बेपत्ता भएका हुन् । किरण नालाको ढिकमा रहेको जामुन खान पुगेका उनी जामुन खाँदै गर्दा नालामा खसेका थिए । शुक्रबार करिव […]