गरिवि निबारणको घुम्तीकोषले आयआर्जन बढाउदै बाँके साईगाउका विपन्न परिवार

२१ कार्तिक २०७३, आईतवार ०२:३५
 

सदरलाइनडटकम,unnamed
२१ कात्तिक, नेपालगन्ज : गरिबि निबारण कोषले जिविस बाँके र समर्पण नेपालसंगको सहकार्यमा सञ्चालन गरेको घुम्तीकोष मार्फत बाँके साईगाउ शिपुरी सुकुम्बासी बस्तीका विपन्न परिवार आयआर्जन गर्न थालेका छन् । दुईवर्ष अघिसम्म घरखर्च समेत चाउन धौ–धौ पर्ने उनीहरुलाई आजकल भने स–सानो गर्जो आफै टार्नसक्ने भएका छन् ।
साईगाउ–१ शिपुरी सुकुम्बासी टोलका उन्नती सामुदायिक विकास केन्द्रका सचिव डम्बरबहादुर आलेले गरिबि निबारणको घुम्ती कोषले आफुहरुको आयस्तरमा केही परिवर्तन ल्याउन सकेको बताए । उनले कोषले दिने विउ पूजि नै अति नै न्यून भएपनि स–सानो पूजीबाट हुने बाख्रा पालन, किराना पसल जस्तो व्यावसाय सुरु गरे पनि पूजी केही बढी आएको भए केही बढी लगानीका व्यावसाय गर्न सकिने बताए ।
सचिव आलेले कम्तीमा पनि व्यावसाय सञ्चालन गर्नको लागि आवश्यक रुपैया उपलब्ध गराउन सके आफुहरु जस्ता विपन्न किसानको आयस्तरमा सुधार आउने दाबी गरे । विऊ पूजिको लागि आएको २ लाख ७५ हजार रकम मध्ये पहिलो चरणमा ११ जनालाई जनही २५ हजारका दरले ऋण लगानी गरेको र त्यसबाट १० जनाले बाख्रापालन १ जनाले किराना पसल सञ्चालन गरेको जानकारी दिए ।

उनले पहिलो चरणमा ऋण लिएका दुई जनाले सुरु गरेको बाख्रापालनमा केही बाख्रा मरेको र केही बाघले खाएको कारण समयमा ऋण तिर्न नसकेको भए पनि मरेका बाख्राको पशु विमा गरेका कारण क्षतिपूर्ती पाए पनि आम्दानी भनेजस्तो गर्न नसकेको कारण दुई जनालाई केही कठिन भएको छ भने अन्य सबैले ऋण चुक्ता गरी बाख्राबाट राम्रो आम्दानी गरेका छन् ।


सचिव आलेले पुनः दोस्रो चरणमा ३ जनालाई मसुरो खेती र १ जनालाई राँगा गोरुको व्यावसाय सञ्चालन गर्नमा लगानी गरेको र सो पनि नियमित ऋण सावा र व्याज उठ्ने गरेको जानकारी दिदै भने–‘गरिवि निवारण कोषले गरेको लागनी अति नै न्यून भयो कम्तिमा पनि एउटा भैसी वा गाई किन्न पुग्ने पैसा भएमा नियमित आम्दानी हुने थियो तर, पैसा पाडी वा बाच्छी किन्न पनि नपुग्ने भएकोले सबैको माग विऊ पूजी बढाई दिनु पर्ने रहेको छ ।’

unnamed (1)
विपन्न तथा सिमान्तकृत वर्गका लागि गरिबि निबारण कोषले समर्पण नेपाल मार्फत गरेको लगानीले बाँके साईगाउ–१ शिपुरीका विपन्न तथा सिमान्तकृत वर्गको आयस्तर बढाउन मद्दत पुगेको समर्पण नेपालका अध्यक्ष चन्द्रप्रकाश तिमिल्सेनाले जानकारी दिए ।
उनले बाँकेका १४ गाविसमा गरिबि निबारण कोषले समर्पण नेपाल र जिविस बाँके मार्फत विपन्न तथा सिमान्तकृत समुदायको पहिचान गरी संस्था गठन गर्दै उनीहरुलाई आयआर्जनको काममा लगाउने गरेको बताए ।
उनले साईगाउ शिपुरीका सुकुम्बासीबस्तीको उन्नती सामुदायिक विकास केन्द्र नामक सस्था निर्माण गरी विपन्न तथा गरिबिको रेखामुनी रहेकाहरुको जीवनस्तर उकास्नको लागि गरिबी निवारण कोषले समर्पण नेपाल मार्फत घुम्ती कोष मार्फत लगानी गर्ने गरेको बताए ।
समर्पण नेपालका अध्यक्ष तिमिल्सेनाले भने–‘संस्थाको माग अनुसारको विउ पूजी उपलब्ध गराई सानो रकमले पनि उनीहरुको जीवनस्तर उकास्न सहयोग पु¥याउने उद्देश्य अनुसार हामीले बाँकेका ७ वटा गाविसमा विपन्न र सिमान्तकृत वर्गको पहिचान गरी गरिबी निबारण कोषको मार्फत बिउपूजीको घुम्तीकोष खडागर्न सघाउ पु¥याउने र सो कोषको लगानीलाई निरन्तर अनुगमन गर्ने रहेको छ ।’
उनले कार्यक्रममा आफुहरुले घुम्ती कोषको निरन्तर अनुगमन गर्ने र लगानीको सदुपयोग वा दुरुपयोग भएको कुरामा संस्थाका सदस्यहरुलाई सचेत गराउने गरेको बताए । उनले स्थानीयको माग अनुसार केही रकम पूर्वाधार मर्मत तथा निर्माणमा समेत सहयोग गरिएको जानकारी दिए ।
कार्यक्रमका सामाजिक परिचलक रविन्द्र घिमिरेले साईगाउ गाविसको ८ नं. वडा बाहेकका सबै वडामा संस्था गठन गरी उनीहरुलाई घुम्तीकोष उपलब्ध गराईएको जानकारी दिदै भने–‘हामीले उपलब्ध गराएको घुम्ती कोषबाट संस्थाका सदस्यहरुले आफ्नो आवश्यकता र व्यावसाय छनौट गरी संस्थाका सदस्य भित्रै मासिक १ प्रतिशत व्याजमा ऋण लागनी गर्ने छन् ।’ उनले संस्थाका सदस्यहरुका बीचमा नियमित बैठक बसाउने बचत गर्ने तरिका सिकाउने, योजना माग गर्ने, लेजर भर्ने, भौचर उठाउने जस्ता गातिविधि गर्नको लागि सहयोग गरिएको बताए ।
यसैबीच साईगाउ गाविसका सचिव ईश्वर बमले गाविसका विकास निर्माणदेखि विपन्न वर्गको आयस्तर बढाउनको लागि घुम्तीकोष खडा गरेर विभिन्न व्यावसायमा लगानी गरेको छ । सो कार्यले गाविसका बासिन्दाको आर्थिक अवस्थामा सुधार आउने उनको दावी छ ।
गरिबी निबारण कोषबाट बाँकेमा कार्यक्रम हेर्दै आएकी रिता सुवेदीले जनसंख्या र घरधुरीको अबस्था अनुसार विऊपूजी लगानी गर्ने हुँदा थोरै लगानीले धेरै नाफा हुने किसिमका व्यावसाय छनौट गरी ऋण लगानी गर्ने गरेको बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय बिदा विषेश सम्मान हो : मन्त्री केसी

२१ कार्तिक २०७३, आईतवार ०२:३५
सदरलाइनडटकम    २१ कात्तिक, नेपालगन्ज :  सरकारका शहरी विकास मन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले भारतीय राष्ट्रपति नेपाल आउदा सरकारले राष्ट्रिय विदा विषेश सम्मानका लागि दिएको स्पष्ट पारेका छन् । कैलालीको टिकापुरमा आयोजना गरिएको माहायज्ञको उद्दघाटन कार्यक्रममा जानको लागि आईतबार बिहान नेपालगन्ज विमानस्थलमा सिमित पत्रकारसंग कुरा गर्दै […]