करेन्ट लागेर विद्यार्थीको मृत्यु

३० फाल्गुन २०७६, शुक्रबार १९:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको ब्रिटिस ईग्लिस स्कुलका कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । विद्यालयमा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको अवस्थामा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लिक  भएर  घटना घटेको प्रारम्भिक जानकारी आएको छ ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज–१९ कारकादो बाईपासमा रहेको सो विद्यालयमा बिहान ११ बजेर ४० मिनेटको समयमा करेन्ट लागेर उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा पुराए लगत्तै १२ बजेर ६ मिनेटमा १४ वर्षिय भरत कँडेलको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर ओलीले घटनाको विषयमा अनुसंन्धान सुरु गरेको जानकारी दिए । उनले शवको पोस्टमार्टम शनिबार मात्र हुने भएको कारण थप जानकारी आउन सक्ने बताए ।

मृतकका आफन्तले भने विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । यसैबीच विद्यालय प्रशासनसंग सो घटनाको विषयमा जानकारी लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।

Next Post

संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जालको बैठक

३० फाल्गुन २०७६, शुक्रबार १९:३९
सदरलाइन / लक्ष्मी तिमिल्सेना, नेपालगञ्ज  : संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जाल बाँकेको बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । शुक्रबार बसेको सो बैठकले विभिन्न कार्यक्रमको घोषणासमेत गरेको छ । पीडितलाई उनीहरुको आर्थिक सशक्तिकरणका कार्यक्रम, घाइतेहरुलाई स्वास्थ उपचार लागि आर्थिक सहयोग र द्वन्द्व पीडितहरुको समस्या समाधानका निमित्त सरोकारवालाहरुसंग […]

ताजा अपडेट