पढाएको नबुझे पनि नियमित विद्यालय आउदै बहिरा विद्यार्थी

१७ पुष २०७३, आईतवार १२:०७
 

सदरलाइनडटकम  
१७ पुस, नेपालगन्ज : बाँकेको चिसापानीमा रहेका सुर्योदय उमाविमा कक्षा १० मा अध्ययनरत बहिरा विद्यार्थी प्रेम मल्ल शिक्षकले पढाएको पटक्कै बुझ्दैनन् । सामान्य विद्यार्थीलाई पढाए जस्तै गरी शिक्षकले पढाउने गरेका कारण मल्ल शिक्षकले के भन्न खोजेका हुन भने ठम्याउन सक्दैन, तै पनि उनी विद्यालय जान छाडेका छैनन् ।
‘म पनि अरु जस्तै पढेर केही बन्न चाहान्छु’–सांकेतिक भाषामा मल्ल भन्छन्,–‘पढाई छाडेर के काम ?’ अरु सामान्य विद्यार्थी जस्तै पढेर केही गर्ने अठोट लिएर बसेका मल्लको पढाईको अबस्था भने सन्तोषजनक छैन । शिक्षकले पढाएको कुरा बुझ्दै नबुझे पछि विद्यार्थीको पढाई पनि कसरी राम्रो होस् ?
बाँकेमा मल्ल जस्तै पढाईमा समस्या झेल्ने बाहिरा विद्यार्थी धेरै छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा सांकेतिक भाषामा दक्षता हासिल गरेका शिक्षकले पढाउदैनन् । त्यस्ता शिक्षकको ब्यवस्था पनि छैन् । ‘स्कुल जाने र आउने काम मात्र हुन्छ ।’– सोही विद्यालयमा अध्ययन गर्दै आएकी सरिता चन्द भन्छिन्,–‘अरु भन्दा भिन्न भएपनि पढ्ने इच्छा शक्ति हामीसंग छ । तर राज्यले सुनेको खोइ ?’
सुर्योदय उमावि प्राधानाध्यापक जयबहादुर बिष्ट बाहिरा विद्यार्थीहरुलाई बुझाउन निकै मुस्किल भइरहेको स्वीकार गर्छन । उनी भन्छन,–‘सांकेतिक भाषा बुझेका शिक्षकहरु हुनुहुन्न । बहिरा बिद्यार्थीहरुलाई अरु सामान्य विद्यार्थीसंगै राखेर पढाउदा समस्या सिर्जना भएको छ ।’ प्राधानाध्यापक बिष्टका अनुसार, पढाएको नबुझ्ने समस्याले बहिरा विद्यार्थीको पढाईको स्तर अत्यन्त कमजोर भएको छ । ‘तै पनि हामीहरुले उत्तिर्ण गर्दै आएका छौं । उच्च शिक्षामा त यसरी चल्दैन ।’ बिष्ट भन्छन,–‘आफुले पढाएका विद्यार्थी कमजोर हुंदा हामीलाई पनि पीडा हुन्छ ।’
बाँके जिल्लामा सुर्योदय उमाविबाट हालसम्म ७ जना विद्यार्थीहरुले प्रवेशिका परिक्षा उत्तिर्ण गरी सोही विद्यालयमा प्लस टु अध्ययन गर्दै आएका छन् । अहिले चिसापानी कै दहित निमावि र सुर्योदय उमाविमा ५० विद्यार्थी बिभिन्न कक्षामा अध्ययन गर्दै आएका छन् ।
बहिरा बालबालिकाको शिक्षाका क्षेत्रमा काम गर्दै आएको रारा मावनीय तथा वातावरणीय स्रोत विकास प्रयास ( रेरी)का अध्यक्ष पुनित विक्रम शाह बहिरा वालकालिकाहरु शिक्षाका लागी स्कुलको दायरामा आउने क्रम बढेकाले उनीहरुलाई पढ्ने व्यवस्थापन मिलाउनुपर्ने बताउछन् ।
‘बांकेमा अझै डेढ सय बहिरा बालबालिकाको बिद्यालय भन्दा बाहिर छन् । उनीहरुलाई बिद्यालयसम्म आउने र बिद्यालयमा रहिरने ब्यवस्था मिलाउनुपर्छ ।’–शाहले भने । रेरीले कैलालीको जनप्रकाश मावि, बांकेको दहित निमावीमा छात्रबास सहित सांकेतिक भाषा पढेका शिक्षकहरु रहेको विद्यालय नै सन्चालन गरिरहेको छ । ‘यि विद्यालयहरुमा बहिरा विद्यार्थीहरुलाई पढ्न समस्या छैन । अरुमा समस्या छ’–उनले भने ।
जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख थापाले बहिरा बिद्यार्थीहरुको पढाईका लागी समुदायका विद्यालयमा शिक्षकहरुलाई सांकेतिक भाषाको तालिम दिने बताए । उनले बहिरा बिद्यार्थीहरुको शैक्षिक ब्यवस्थापनका लागी पहल भइरहेको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय परोपकार महासंघ नेपालले तय गर्यो तेस्रो महाधिवेशनको मिति

१७ पुष २०७३, आईतवार १२:०७
सदरलाइनडटकम  १८ पुस, काठमाडौं : राष्ट्रिय परोपकार महासंघ नेपालले आफ्नो नबौँ बार्षिकोत्सवको अवसमा यही पौस २७ देखि माघ ४ गतेसम्म महासंघको तेस्रो महाधिबेशन गर्ने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर सेवा नै धर्म हो भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना गरिएको यस संस्थाले तेस्रो […]

सम्बन्धित