जमुनाहा हेल्थ डेस्कलाई सहकर्मी समाजको सहयोग

सदरलाइन संवाददाता १५ भाद्र २०७८, मंगलवार १८:३५
 

नेपालगञ्ज : सहकर्मी समाज नेपाल कोहलपुर बाँकेले मंगलबार नेपालगञ्जको जमुनाहा नाकामा रहेको हेल्थ डेस्कलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । हेल्थ डेस्कलाई ४ लाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कोर्डएड र इको संस्थाको सहयोगमा सहकर्मी समाजद्धरा सञ्चालित कोभिड १९ आपतकालिन प्रतिकार्य नेपाल कार्यक्रमद्धारा स्वास्थ्य समिग्री सहयोग गरिएको संस्थाकी कार्यक्रम संयोजक अन्जु गुरुङ्गले बताइन् ।

हेस्थ डेस्कलाई ७ सय थान एन्टिजेन किट, एक हजार थान माक्स, एक सय थान ग्लोब्स्, एक थान दराज र एक थान टेबल सहयोग गरिएको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै जमुनाहा हेल्थ डेस्कका प्रमुख रामबहादुर शाहीले यो स्वास्थ्य सामग्रीले कोरोना परीक्षण गर्न सहज हुने बताए । बेला बेलामा हुने एन्टिजेनको समान्य अभावलाई यसले पुर्ति गर्ने शाहीको भनाई थियो ।


सहयोग गरिएको दराज र टेबलले कागजपत्रहरु राख्न सहज हुने हेल्थडेस्कका स्वास्थ्यकर्मीहरुले बताएका छन् । सहकर्मी समाजले अस्पताल र हेल्थ डेस्क र पालिकाहरुसंग समन्वय गरेर आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

सहकर्मी समाज कोहलपुरले गत साता पनि भेरी अस्पताल र बर्दियाको जिल्ला अस्पतालाई स्वास्थ्य समिग्री सहयोग गरेको थियो । यसका साथै बाँके र बर्दियाको सबै पालिकामा दुई दुई जना समाजिक प्रशिक्षक समेत खटाएको छ । उनहीहरुले स्वास्थ्य शाखा अन्तर्गत रहेर खोप सम्बन्धि समुदायस्तरमा जानकारी गराउदै आएका छन् ।

स्वास्थ्य सामग्री सहयोग गर्दा सहकर्मी समाजका नेपालगञ्ज उपमहानगरपालिकाका समाजिक प्रशिक्षक अन्जली बैश्य र दुर्गा मल्ललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार २६ संक्रमित थपिए, १९ जना डिस्चार्ज

१५ भाद्र २०७८, मंगलवार १८:३५
नेपालगञ्ज : बाँकेमा बुधवार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११२ नमुना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा १७, कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ […]