सदरलाइनडटकम
४ साउन, नेपालगन्ज : नेपलगन्जबाट दैलेख लैजान लागिएको अवस्थामा बाँके प्रहरीले १८ लाख मुल्य बराबरको सुनसहित दैलेखका एक जना ब्यापारीलाई पक्राउ गरेको छ ।
सुराकीले दिएको सूचनाको आधारमा नेपालगन्जबाट दैलेख जान लागेको भे १ च ७५८६ नम्वरको बलेरो गाडी चेकजाँच गर्दा १८ लाख मुल्य बराबरको ३ सय ८५ ग्राम सुन सहित एक जनााई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जस्थित नेपाल आभुषण भण्डारबाट सो ब्यापारीले काँचो सुन खरिद गरेको, बिक्रीकर्ताको मात्र पान नम्वर भएको र खरीदकर्ताको पान नम्वर नभएको बिलसहित सुन पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
सुनसहित पक्राउ परेका ब्यक्तिबारे क्षेत्रीय तथा साधारण अनुसन्धानका टोलीले अनुसन्धान गरि रहेको बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
