१५ जिल्लालाई ५ खाद्य निरिक्षक, प्राविधिकको कमीले कार्य प्रगती देखाउन नसकेको गुनासो

३० असार २०७४, शुक्रबार १७:५४
 

सदरलाइन / कमल डाँगी
३० असार, बाँके : न्यून संख्यामा कर्मचारी र प्रविधिको कमीले गर्दा मध्यपश्चिमका पन्ध्र जिल्लामा बजार अनुमगनको जिम्मेवारी पाएको क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, बाँकेले सोचे काम गर्न सकेको छैन् । प्रभावकारी बजार अनुगमनहरु नहुँदा बजारमा अखाद्य बस्तुहरुको बिक्री बितरण बढ्दै गएको छ ।
गुण नियन्त्रण कार्यालय मातहतमा अहिले यस क्षेत्रमा जम्मा पाँच जना खाद्य निरिक्षकहरु कार्यरत छन् । सुर्खेतमा रहेका खाद्य निरिक्षक अध्ययनका लागि बाहिर गएका छन् भने बर्दियामा खाली छ । खाद्य निरिक्षकको कमीले गर्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको सो कार्यालयका प्रमुख बिनोद श्रीबास्तवले स्वीकार गरेका छन् ।
‘१५ जिल्लामा जम्मा ५ जना खाद्य निरिक्षक हुनुहुन्छ । कसरी बजार अनुगमन गर्न सकिन्छ ?’ कार्यालय प्रमुख श्रीबास्तवले भने,–‘कतिपय पहाडी र हिमाली जिल्लाहरुमा त अनुगमन समेत गर्न सकिदैन ।’ कर्णाली अन्चलमा बजार अनुगमन मुस्किलले हुने गरेको श्रीबास्तवले बताएका छन् ।
आर्थिक वर्ष २०७३÷०७४ मा सो कार्यालयले ४ सय १२ पटक बजार अनुगमन गरिएको छ । बाँके, दांग, सुर्खेत, बर्दिया, दैलेख, सल्यान जस्ता जिल्लाहरुमा धेरै पटक अनुमगन भएका छन् । ‘बजेटको पनि अभाव छ ।’ श्रीवास्तवले भने,–‘यत्रो जिल्लामा जम्मा अढाई लाख बजेट छुटइएको थियो ।’
चालु आर्थिक वर्षको बजार अनुगमनका क्रममा बाँकेमा २४ पटक, दागं १७ पटक, बर्दिया २ पटक, सुर्खेत ९ पटक, सल्यान १, दैलेख १ पटक बजार अनुगमन क्रममा म्याद नाघेका, लेबल नभएका खाद्य पदार्थहरु जफत गरी नष्ट गरिएको खाद्य निरिक्षक बिबेककुमार बन्जराले बताएका छन् । यसअवधिमा यस्ता ३३ खाद्य पदार्थ व्यवसायीहरुलाई कारवाही गरिएको उनले जानकारी दिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालय स्तरसम्म प्रजनन र परिवार नियोजन शिक्षा लैजान आवश्यक

३० असार २०७४, शुक्रबार १७:५४
सदरलाइनडटकम ३० असार, नेपालगन्ज : स्कुले किशोर तथा किशोरीलाई प्रजनन स्वास्थ्यको ज्ञान दिन आवश्यक रहेको जनसंख्या दिवसका सन्र्दभमा आयोजिक कार्यक्रमका सहभागिले औलएका छन् । जिल्ला जनस्वाथ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरिएको कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेका तथ्याङ्क सहायक युवराज अधिकारीले हालको जनसंख्या बृद्धिदर […]