सल्यानमा बस दुर्घटना २ जनाको ज्यान गयो, २९ जना घाइते

२५ असार २०७४, आईतवार १८:०१
 

सदरलाइनडटकम
२५ असार, सल्यान : दाङबाटबाट रुकुम जान गुडेको यात्रुबाहक बस सल्यानमा दुर्घटना हुँदा २ जनाको ज्यान जानुको साथै दुई दर्जन बढी यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक आइतबार बिहान पौने ९ बजे दुर्घटना भएको हो । सिस्ने हिमाल यातायातको सो बस सडकबाट करिब एक सय मिटर तल खेतमा खसेको छ ।
प्रहरी निरिक्षक धर्म केसीले सो बस दुर्घटनामा परी ज्यान गुमाउनेमा छत्रेश्री गाउँपालिका ४ का ५२ बर्षिय रातो खड्का र साबिक रुकुम मुरुका २५ बर्षिय मनबहादुर बि.क. रहेका छन् । मृतक रातो खड्काको पासबाट तमसुक रहेकोले त्यसैका आधारमा उनको पहिचान भएको हो । तमसुक मृतकको हो या अरुको हो खुल्न सकेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि दाङमा र सामान्य घाइते भएकाहरुलाई सल्यानको जिल्ला अस्पताल, श्रीनगरमा रहेको कान्तिपुर हस्पिटल प्रालि र अधिकारी बन्धु पोलिक्लिनिकमा उपचार भैरहेको छ भने ३ जना गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
नेपालगन्ज रिफर गरिएका गम्भिर घाईते रुकुम मुसिकोट ३ का २८ बर्षिय एकदेब के.सी.,मुरु रुकुम ३ का डिमबहादुर पुन र घोराही ७ का चुडामणि खत्री रहेका छन् । विपरित दिशाबाट आइरहेको स्कारपियोलाई साइड दिने क्रममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले बताए । तिब्र गती र घुमाउरो सडक भएका कारण दुर्घटना भएको जनाइएको छ । तिब्र गतीमै साइड दिदा सडक छाडेर गाडी रुखमा ठोक्कीएर तल खसेको स्थानीयले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समन्वय समितिको लागि बाँकेमा एमाले र संघीय समाजबादी फोरमबीच तालमेल

२५ असार २०७४, आईतवार १८:०१
सदरलाइनडटकम  २५ असार, नेपालगन्ज : स्थानीय तह निर्वाचनको सबै नतिजा सार्वजनिक भए लगत्तै बाँकेमा जिल्ला समन्वय समिति गठनको लागि प्रयास सुरु भएको छ । ४ स्थानीय तह सहित २९ वडा जितेर पहिलो पार्टी बनेको एमाले र १ स्थानीय तह सहित ८ वडा जितेको संघीय समाजबादी फोरम नेपालबीच तालमेल हुने भएको […]